१५ असार २०८२, आईतवार

४२ लाखभन्दा बढीका सामानसहित ट्रक नियन्त्रणमा

सर्लाही, असार ४

जिल्ला सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोस्टमा प्रहरीले विशेष सूचनाको आधारमा गरेको चेकजाँचका क्रममा अवैध रूपमा ढुवानी हुँदै गरेका ४२ लाखभन्दा बढी मूल्यका सामान सहित ट्रक नियन्त्रणमा लिएको छ।

 

मंगलबार बिहान करिब ६:१५ बजे ईलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी नायब निरीक्षक सुभाष यादवको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा बिरगंजबाट ईटहरीतर्फ जाँदै गरेको बा ५ ख ३०७ नम्बरको ट्रक (डब्बा) लाई रोकि जाँच गर्दा ठूलो परिमाणमा विविध सामान फेला पारेको हो।

 

प्रहरीका अनुसार ट्रकमा टायर, आपमा छर्ने दवाई, मोबिल, खाने तेल, रेगुलेटर, मोटर पार्ट्स, छाता, घिउ, किसमिस, इलेक्ट्रोनिक तथा कस्मेटिक सामग्री लगायतका खुद्रा वस्तुहरू लोड गरिएको थियो। ती सामानहरूमध्ये कुनैको पनि प्रज्ञापन पत्र नभएको र उपलब्ध बिल–विजक समेत शंकास्पद देखिएकाले ट्रकसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

 

बरामद गरिएका सामानहरूको प्रारम्भिक मूल्याङ्कन अनुसार कुल मूल्य रू ४२,४०,३४७ रहेको जनाइएको छ। नियन्त्रणमा लिइएको ट्रक र सामानहरु थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय कर्मैयामा राखिएको छ।

 

घटनास्थल चेकपोस्टबाट करिब ५० मिटर दक्षिणतर्फ पर्ने बताइएको छ। घटनासम्बन्धमा थप विवरण संकलन कार्य भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?