रवीन्द्र मिश्रको थुनछेक बहस सकियो, आदेश आउन बाँकी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ३, २०८२
|
|
४५ पटक हेरिएको
Shares
रवीन्द्र मिश्रको थुनछेक बहस सकियो, आदेश आउन बाँकी

सारांश

  • गत चैत १५ गते भएको तीनकुने घटनाका आरोपी रवीन्द्र मिश्रमाथिको बहस सकिएको छ ।
  • काठमाडौं जिल्ला अदालतमा न्यायाधीश तारादेवी महर्जनको इजलासमा भएको थुनछेक बहस सकिएको हो ।
  • राप्रपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका मिश्र आज आफैं अदालत उपस्थित भएका थिए ।

३ असार, काठमाडौं ।

गत चैत १५ गते भएको तीनकुने घटनाका आरोपी रवीन्द्र मिश्रमाथिको बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश तारादेवी महर्जनको इजलासमा भएको थुनछेक बहस सकिएको हो । राप्रपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका मिश्र आज आफैं अदालत उपस्थित भएका थिए । सोही घटनाका आरोपी राप्रपाकै महामन्त्री शवलशम्शेर राणा सोमबार अदालतमा उपस्थित भएका थिए । र, उनी ३ लाख धरौटीमा छुटेका छन् ।

थुनछेक बहस सकिएसागै उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ । मिश्रविरुद्ध यही जेठ ११ गते राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन माग दाबी गरी मुद्दा दर्ता भएको थियो । गत चैत १५ गते राजावादीले आयोजना गरेको प्रदर्शन भड्किएर हिंसात्मक बनेको थियो । २ जनाको मृत्यु हुने गरी भएको घटनामा मिश्रले उत्तेजक अभिव्यक्ति दिएका थिए । सोही घटनाका योजनाकार मानिएका दुर्गा प्रसाईंलाई भने अदालतले थुनामा पठाउन आदेश दिइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिसापानी–देउराली–बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै
चिसापानी–देउराली–बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै
मधेशमा मिडियाको समस्या पहिचान गर्न अध्ययन समिति गठन
मधेशमा मिडियाको समस्या पहिचान गर्न अध्ययन समिति गठन
भ्रष्टाचारबाट आर्जित दुई अर्ब बराबरको सम्पत्ति जफत गर्दै गृह मन्त्रालय
भ्रष्टाचारबाट आर्जित दुई अर्ब बराबरको सम्पत्ति जफत गर्दै गृह मन्त्रालय
जनताको लागि केही गर्न नसकिने भन्दै सांसदबाट गुरुङले दिइन् राजीनामा
जनताको लागि केही गर्न नसकिने भन्दै सांसदबाट गुरुङले दिइन् राजीनामा
काठमाडौंलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत
काठमाडौंलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत
यस्तो छ , शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
वीरगञ्ज भन्सारबाट दुई महिनामा ३९ अर्ब बढी राजस्व संकलन
वीरगञ्ज भन्सारबाट दुई महिनामा ३९ अर्ब बढी राजस्व संकलन
अहिलेसम्म यो देशमा नेता हुन लायक मान्छे देखिनँ: हर्क साम्पाङ
अहिलेसम्म यो देशमा नेता हुन लायक मान्छे देखिनँ: हर्क साम्पाङ
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइलट खतरामुक्त
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइलट खतरामुक्त
जसपा नेपालले थप्यो ५ केन्द्रीय सदस्य
जसपा नेपालले थप्यो ५ केन्द्रीय सदस्य