Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

संसदमा अर्थमन्त्रीको जवाफ- बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्नुस्

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ २, २०८२
|
|
३४ पटक हेरिएको
Shares
संसदमा अर्थमन्त्रीको जवाफ- बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्नुस्

सारांश

  •   उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्न आग्रह गरेका छन् ।
  • सोमबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले बजेटको घोषण मात्रैले नपुग्ने र त्यसको प्राण कार्यान्वयनमा रहने कुरामा सरकार स्पष्ट रहेको बताए ।
  • बजेटको कार्यान्वयनमा सम्बद्ध मन्त्रालय र आयोजना प्रमुखहरूलाई जबाफदेही बनाइने उनले बताए ।

२ असार, काठमाडौं । 

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्न आग्रह गरेका छन् ।सोमबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले बजेटको घोषण मात्रैले नपुग्ने र त्यसको प्राण कार्यान्वयनमा रहने कुरामा सरकार स्पष्ट रहेको बताए । बजेटको कार्यान्वयनमा सम्बद्ध मन्त्रालय र आयोजना प्रमुखहरूलाई जबाफदेही बनाइने उनले बताए ।

पौडेलले बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न योजना तयार गरेर अघि बढ्ने जानकारी दिए । उनले बजेट निर्माणमा स्रोतको प्रस्ताव कार्यान्वयनयोग्य हुनुपर्नेमा आफू होसियार भएको धारणा राखे ।  त्यस्तै उनले आगामी आर्थिक वर्षको बजेटमा तीन करोड रुपैयाँभन्दा कम लागतका नयाँ आयोजना नराख्ने सरकारको नीति रहेको उल्लेख गरे । यद्यपि सम्पन्न हुने अवस्थामा पुगेका आयोजनाहरूमा भने तीन करोडभन्दा कम रकम विनियोजन गर्नु परेको उनको भनाइ छ ।

मन्त्री पौडेलले निजी क्षेत्रलाई विद्युत् उत्पादन र व्यापार गर्न खुला गर्ने गरी विद्युत् विधेयक सदनमा विचाराधीन रहेको भन्दै उक्त विधेयक पारित भएपछि विद्युत प्राधिकरणले मात्रै विद्युत् बिक्री गर्नुपर्ने अवस्थाको अन्त्य हुने उल्लेख गरे । अब निजी क्षेत्रले समेत विद्युत् व्यापार गर्न पाउने भएकाले टेक एन्ड पे को चिन्ता नगर्न उनले आग्रह गरे ।  अर्थमन्त्री पौडेलले ऋणको सन्दर्भमा वित्त आयोगले निर्धारण गरेको ५ दशमलव ५ प्रतिशतको सीमा भन्दा कम ५ प्रतिशत ३ प्रतिशत मात्रै आन्तरिक ऋण उठाउने प्रस्ताव गरिएको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खोटाङमा बोलेरो दुर्घटना, ६ जना घाइते
खोटाङमा बोलेरो दुर्घटना, ६ जना घाइते
अन्तर्राष्ट्रिय कागजात प्रमाणीकरण सेवाबारे परराष्ट्र सचिवको ध्यानाकर्षण
अन्तर्राष्ट्रिय कागजात प्रमाणीकरण सेवाबारे परराष्ट्र सचिवको ध्यानाकर्षण
गुल्मीमा एक पुरुष मृत फेला
गुल्मीमा एक पुरुष मृत फेला
जनताको आधारभूत आवश्यकता पूरा गर्ने सरकारको उद्देश्य साकार हुँदैछ : मन्त्री यादव
जनताको आधारभूत आवश्यकता पूरा गर्ने सरकारको उद्देश्य साकार हुँदैछ : मन्त्री यादव
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
काठमाडौंमा आजदेखि आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट
काठमाडौंमा आजदेखि आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट
परराष्ट्रमन्त्री डा. आरजु राणा बैंकक जाँदै
परराष्ट्रमन्त्री डा. आरजु राणा बैंकक जाँदै
पाकिस्तानमा अज्ञात समूहद्वारा मजदुरहरूमाथि गोली प्रहार, २० जनाको मृत्यु
पाकिस्तानमा अज्ञात समूहद्वारा मजदुरहरूमाथि गोली प्रहार, २० जनाको मृत्यु
खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटिलद्वारा समझदारीपत्रमा हस्ताक्षर
खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटिलद्वारा समझदारीपत्रमा हस्ताक्षर
शाहीलाई रिमालको जवाफ : पोल खुल्ने डरले ‘खाल’ जोगाउने हर्कत
शाहीलाई रिमालको जवाफ : पोल खुल्ने डरले ‘खाल’ जोगाउने हर्कत