कलंकीमा स्कुलभित्रै भ्यान दुर्घटना-सर्लाहीको एक छात्राको मृ*त्यु, प्रअसहित ७ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ २, २०८२
|
|
२३ पटक हेरिएको
Shares
कलंकीमा स्कुलभित्रै भ्यान दुर्घटना-सर्लाहीको एक छात्राको मृ*त्यु, प्रअसहित ७ जना घाइते

सारांश

  •   कलंकी स्थित ईडिफाई इन्टरनेशनल स्कुलको कमाउण्डभित्र इभी माइक्रो दुर्घटना हुँदा एक छात्राको मृत्यु भएको छ ।
  • उक्त घटनामा शिक्षक, विद्यार्थी र चालकसहित ७ जना घाइते भएको प्रहरीले जनाएको छ ।
  • स्कुलकै भ्यान बाहिर निस्कने क्रममा गेटको पिलरमा ठोक्किएर दुर्घटना भएको थियो ।

२ असार, काठमाडौं । 

कलंकी स्थित ईडिफाई इन्टरनेशनल स्कुलको कमाउण्डभित्र इभी माइक्रो दुर्घटना हुँदा एक छात्राको मृत्यु भएको छ । उक्त घटनामा शिक्षक, विद्यार्थी र चालकसहित ७ जना घाइते भएको प्रहरीले जनाएको छ । स्कुलकै भ्यान बाहिर निस्कने क्रममा गेटको पिलरमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते सर्लाही घर भई हाल कुलेश्वर बस्ने ९ वर्षीया छात्रा सोनाक्षी यादवको सहिद मेमोरीयल अस्पतालमा उपचारको क्रममा साढे १ बजेतिर मृत्यु भएको हो । प्रहरीका अनुसार ८ वर्षीया रेश्मा मोक्तान, ९ वर्षीया नेशिया थापा, ९ वर्षीया निकिशा डंगोल, ११ वर्षीया सिमरन खड्का, ९ वर्षीया प्रेमिसा घर्तिमगर, प्रअ ४६ वर्षीय को सुरज पोखरेल र चालक ६० वर्षीय हर्कबहादुर कार्की घाइते भएका हुन् । उनीहरूको बयोधा र नेपाल नेशनल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?