अश्लिल भिडियो खिचेर बार्गेनिङ गरेको आरोपमा २ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १, २०८२
|
|
२५ पटक हेरिएको
Shares
अश्लिल भिडियो खिचेर बार्गेनिङ गरेको आरोपमा २ जना पक्राउ

सारांश

  • व्यक्तिको गोप्य भिडियो खिचेर बार्गेनिङ गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेहरुमा भोजपुरको षडानन्द नगरपालिका–१ घर भएका २९ वर्षीय सुजन भुजेल र सोही ठाउँका २१ वर्षीय बिपल राई छन् ।
  • उनीहरुलाई जिल्ला प्रहरी कार्यालय शंखुवासभाको टोलीले पक्राउ गरेको हो ।

१ असार, काठमाडौं ।

व्यक्तिको गोप्य भिडियो खिचेर बार्गेनिङ गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भोजपुरको षडानन्द नगरपालिका–१ घर भएका २९ वर्षीय सुजन भुजेल र सोही ठाउँका २१ वर्षीय बिपल राई छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय शंखुवासभाको टोलीले पक्राउ गरेको हो ।

उनीहरुले एक व्यक्तिको अश्लिल भिडियो, फोटो खिचेर ब्ल्याकमेलिङ गरेको र आफन्तलाई समेत पठाएर चरित्र हत्या गरेको पाइएको प्रहरीले बताएको छ । आफूहरुले भनेअनसार नगरे ती भिडियो, फोटो सार्वजनिक गरिदिने भन्दै उनीहरुले धम्की दिएको पाइएको शंखुवासभा प्रहरीका प्रवक्ता तथा इन्स्पेक्टर अभिशेक कुमार श्रेष्ठले बताए । पक्राउ परेकाहरुविरुद्ध आपराधिक लाभ र साइबर अपराधको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?