१५ असार २०८२, आईतवार

अन्तर्राष्ट्रिय रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम

 

मलंगवा, जेठ ३१

अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसरमा प्रादेशिक अस्पताल मलंगवाको आयोजनामा मलंगवामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

“तपाईंको रगत अमूल्य छ— त्यसलाई आवश्यक पर्नेहरूलाई दान गर्नुहोस्” भन्ने नारासहित सञ्चालन गरिएको उक्त कार्यक्रममा सामाजिक उत्तरदायित्व, मानव सेवा र सुरक्षित रक्तदानको सन्देश फैलाउने उद्देश्य रहेको थियो।

कार्यक्रममा अस्पतालका स्वास्थ्यकर्मी, स्वयंसेवक, सञ्चारकर्मी, रक्तदाता र स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रह्यो। कार्यक्रममा १५ जना स्वयंसेवी रक्तदाताहरूले स्वेच्छिक रक्तदान गरेकाे डा. सचिन कुमार यादवले बताए।

प्रादेशिक अस्पतालका प्रमुख मे.सु. डा. संजीव कुमार सिंहले नियमित रक्तदानले आकस्मिक अवस्थामा ज्यान बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले रक्तदानलाई “जीवनको अमूल्य उपहार”को रूपमा लिनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा सहभागीप्रति आभार प्रकट गर्दै अस्पताल प्रशासनले यस्ता अभियानहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न र जनचेतना अभिवृद्धिमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सतिश कुमार साहले कार्यक्रमले मानवीय मूल्य, सेवाभाव र सामाजिक एकताको सन्देश दिन सफल भएको उल्लेख गर्दै आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सहभागी रक्तदाताहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मानित गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment