राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छ : सभामुख

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
५८ पटक हेरिएको
Shares
राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छ : सभामुख

सारांश

  •   सभामुख देवराज घिमिरेले राज्यले मातृभाषा संरक्षणका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिएका छन्।
  • नेवा पत्रकार राष्ट्रिय दबूको आयोजनामा आज ललितपुरमा भएको दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको उद्‌घाटन गर्दै उनले मातृभाषामा पत्रकारिता गर्ने सन्दर्भमा पनि चुनौती देखापरिरहेका भन्दै यसलाई संरक्षणका लागि ध्यान दिनुपर्ने धारणा राखे ।
  • ‘अन्तराष्ट्रिय सम्मेलनबाट तयार हुने महत्वपूर्ण दस्तावेज मातृभाषाको संरक्षण गर्दै राष्ट्रलाई बलियो बनाउने सन्दर्भमा उपयोगी हुनेछ ।

३० जेठ, काठमाडौं । 

सभामुख देवराज घिमिरेले राज्यले मातृभाषा संरक्षणका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिएका छन्। नेवा पत्रकार राष्ट्रिय दबूको आयोजनामा आज ललितपुरमा भएको दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको उद्‌घाटन गर्दै उनले मातृभाषामा पत्रकारिता गर्ने सन्दर्भमा पनि चुनौती देखापरिरहेका भन्दै यसलाई संरक्षणका लागि ध्यान दिनुपर्ने धारणा राखे ।

‘अन्तराष्ट्रिय सम्मेलनबाट तयार हुने महत्वपूर्ण दस्तावेज मातृभाषाको संरक्षण गर्दै राष्ट्रलाई बलियो बनाउने सन्दर्भमा उपयोगी हुनेछ । पछिल्लो समय प्राप्त राजनीतिक उपलब्धि संरक्षणका लागि काम भइरहेका छन् । देशका १२४ जातजातिका साथै लोपोन्मुखको संरक्षणका लागि काम भइरहेका छन् । देशका ६२ भाषा संरक्षणमा रासस, सार्वजनिक प्रसारण संस्था र गोरखापत्रले पनि काम गर्दै आएका छन्, यो राम्रो काम हो,’ सभामुख घिमिरेले भने। उनले अन्तर्राष्ट्रिय सम्मेलन विभिन्न जातजातिको अवस्थिति, संस्कृतिको संरक्षण र एकअर्कालाई विचारहरू सम्प्रेषण गर्ने सन्दर्भमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। नेपालका प्रथम मातृभाषा पत्रकार धर्मदित्य धर्माचार्यद्वारा मातृभाषामा पत्रकारिता आरम्भ गरिएको १०१औँ वार्षिकीको स्मरण गर्दै भएको यो सम्मेलन विशेष महत्वको भएको बताउँदै सभामुख घिमिरेले धर्माचार्यको कार्यले मातृभाषा पत्रकारिताको जग बसाएको बताए।

सार्वजनिक प्रसारण संस्थाका अध्यक्ष डा महेन्द्र विष्टले मातृभाषा पत्रकारिता प्रवर्द्धनका लागि लामो समयदेखि योगदान हुँदै आएको बताउँदै यसले समुदायमा सूचना र समाचार प्रवाहमा प्रभावकारी भूमिका खेल्ने बताए। सम्मेलनका संयोजक एवम् नेवा पत्रकार दबूका वरिष्ठ उपाध्यक्ष सुनिल महर्जनले नेपालको हरेक राजनीतिक परिवर्तनमा मातृभाषा पत्रकारिताले उल्लेख्य योगदान पुर्‍याएको र यसले सामाजिक र सांस्कृतिक जागरणका लागि महत्वपूर्ण भूमिका खेलेको धारणा राखे । संविधानले नेपालका सबै भाषालाई राष्ट्रभाषाका रूपमा लिएको र यो आजको व्यवस्थाको उपलब्धि भएको उनको भनाइ थियो । नेवा पत्रकार राष्ट्रिय दबूका महासचिव के के मानन्धरले १३ वर्ष अगाडि स्थापना भएको नेवार पत्रकारहरूको यस संस्थाले पत्रकारको हकहित, अभिव्यक्ति स्वतन्त्रताको पैरवीका साथै समावेशी पत्रकारिता र मातृभाषा पत्रकारितालाई अगाडि बढाउने सन्दर्भमा सक्रियतापूर्वक लागिपरेको बताए। यसअघि २०८१ साल जेठ १९ र २० गते प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुजन बिकका आफन्तले गृहमन्त्री गुरुङसँग राखे न्यायको माग
सुजन बिकका आफन्तले गृहमन्त्री गुरुङसँग राखे न्यायको माग
वीरगञ्ज र जनकपुरमा हुने जय ट्रफी कपको तयारी अन्तिम चरणमा
वीरगञ्ज र जनकपुरमा हुने जय ट्रफी कपको तयारी अन्तिम चरणमा
प्रधानमन्त्री प्रचण्डले ७ जेठमा चौथोपटक विश्वासको मत लिने
प्रधानमन्त्री प्रचण्डले ७ जेठमा चौथोपटक विश्वासको मत लिने
संसद् पुनर्स्थापनाको मागले राष्ट्रलाई पुन: अस्थिरताको चक्रमा धकेल्न सक्छ : प्रधानमन्त्री
संसद् पुनर्स्थापनाको मागले राष्ट्रलाई पुन: अस्थिरताको चक्रमा धकेल्न सक्छ : प्रधानमन्त्री
एकीकृत समाजवादीले आज सांगठनिक संरचना फेरबदल गर्ने
एकीकृत समाजवादीले आज सांगठनिक संरचना फेरबदल गर्ने
सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले गरे पदबहाली
सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले गरे पदबहाली
एमाले पदाधिकारी लड्ने यी कान्छी उम्मेदवार
एमाले पदाधिकारी लड्ने यी कान्छी उम्मेदवार
दसैंको मुखमा ठाउँ-ठाउँमा पहिरो, त्रासैत्रासमा यात्रा
दसैंको मुखमा ठाउँ-ठाउँमा पहिरो, त्रासैत्रासमा यात्रा
इलाम-२ मा उम्मेदवारी दर्ता सुरु, स्वतन्त्रसहित ३ जनाको मनोनयन
इलाम-२ मा उम्मेदवारी दर्ता सुरु, स्वतन्त्रसहित ३ जनाको मनोनयन
सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृ*त्यु
सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृ*त्यु