११ श्रावण २०८२, शनिबार

दुर्गा प्रसाईंसहित तीनकुने घटनाका आरोपीहरुको थुनछेक बहस सकियो, आदेश आउँदै

२९ जेठ, काठमाडौं ।

तीनकुने घटनाका मुख्य आरोपीको रुपमा मुद्दा दायर गरिएका व्यवसायी दुर्गा प्रसाईं सहितका प्रतिवादीहरुविरुद्धको थुनछेक बहस जिल्ला अदालत काठमाडौंमा सकिएको छ । आजै आदेश आउने तयारी रहेको अदालत स्रोतले जानकारी दियो । जिल्ला अदालतका न्यायाधीश धु्रवराज कार्कीको इजलासमा २० जेठदेखि निरन्तर थुनछेक बहस भइरहेको बहस आज सकिएको हो ।

केहीबेरमा आदेश आउने बताइएको छ । तीनकुने घटनाका विषयमा ११ जेठमा सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध मुद्दा दायर भएको थियो । प्रतिवादीमध्ये ३९ जना हिरासतमा छन् । ११ जनालाई आपराधिक उपद्रवको मात्रै मुद्दा लगाइएकोमा उनीहरु धरौटी बुझाएर रिहा भइसकेका छन् । दुर्गा प्रसार्यंसहित आठ जनालाई भने राज्यद्रोह, कर्तव्य ज्यान र संगठित अपराधको समेत मुद्दा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?