भारतको अहमदाबादमा २४२ यात्रु सवार एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त
भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ । बिहीबार दिउँसो अहमदाबादको मेघानी शहरमा अवस्थित विमानस्थल नजिकै एउटा विमान दुर्घटनाग्रस्त भएको हो ।
अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको इन्डिया टुडेले लेखेको छ । बोइङ ७८७-८ ड्रीमलाइनर विमानमा २४२ यात्रु सवार थिए । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी रहेकोले उक्त क्षेत्रबाट प्राप्त दृश्यहरूले हावामा बाक्लो कालो धुवाँ देखिएको जनाइएको छ । दुर्घटनापछि सातवटा दमकल सहित आपतकालीन सेवाहरू घटनास्थलमा पुगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment