१२ श्रावण २०८२, आईतवार

लेक लागेका ४ अमेरिकी नागरिकको हेलिकप्टरबाट उद्दार

२७ जेठ, हुम्ला ।

हुल्लामा लेक लागेर बिरामी परेका ४ जना अमेरिकी नागरिकको उद्धार गरिएको छ । हुम्लाको नाम्खा गाएँपालिका-५ हिल्सा नाका पुगेका ४ जना अमेरिकी नागरिकहरूको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

प्रहरीले जयश्री अक्षतकुनर पट्टेल, नीति जयेन्द्र पट्टेल, जयेन्द्र पट्टेल र हिरालाल खत्रीको उद्धार गरेको  जनाएको छ । उद्धार गरिएका उनीहरूलाई सिमकोट गाउपालिका-५ स्थित सिमकोट विमानस्थल ल्याइएको छ । उनीहरू केरूङ नाका हुँदै चीनको पुलाङ काउन्ट्रीबाट नेपाल आएको भए पनि चीनको ताक्लाकोटमा लेक लागेर विरामी परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?