भरतपुर महानगरले भूकम्प प्रभावितलाई एक करोड दिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक १९, २०८०
|
|
३६ पटक हेरिएको
Shares
भरतपुर महानगरले भूकम्प प्रभावितलाई एक करोड दिने

सारांश

  • चितवनको भरतपुर महानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि सहयोग घोषणा गरेको छ ।
  • महानगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकले भूकम्प प्रभावितका लागि १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
  • महानगरको निर्णय अनुसार सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ ।

१९ कार्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि सहयोग घोषणा गरेको छ ।

महानगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकले भूकम्प प्रभावितका लागि १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।महानगरको निर्णय अनुसार सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ । महानगरपालिकाले जनप्रतिनिधिको एक महिनाको तलब, अधिकृतस्तरका कर्मचारीको ५ दिनको तलब, सहायकस्तरसम्मका कर्मचारीको ३ दिनको तलब, मावि शिक्षकको ३ दिनको तलब, आधारभूत तहका शिक्षकको २ दिनको तलब र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट उक्त रकम जम्मा गर्ने जनाएको छ ।महानगरपालिकाले भूकम्प प्रभावितलाई नगद, जिन्सी तथा खाद्यान्न सहयोगका लागि स्थानीयसँग आह्वान गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, चालक गम्भीर
नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, चालक गम्भीर
लागूऔषध सेवन गरी सवारी चलाउने १२ चालक पक्राउ
लागूऔषध सेवन गरी सवारी चलाउने १२ चालक पक्राउ
उपसभामुख हटाउन कांग्रेस-एमाले सांसदको हस्ताक्षर जारी
उपसभामुख हटाउन कांग्रेस-एमाले सांसदको हस्ताक्षर जारी
सरकारले कानुन कार्यान्वयनको सुनिश्चितता गर्नेमा विश्वस्त छु : राष्ट्रपति पौडेल
सरकारले कानुन कार्यान्वयनको सुनिश्चितता गर्नेमा विश्वस्त छु : राष्ट्रपति पौडेल
पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
भारतको मुम्बईमा भीषण वर्षा, विद्यालय र कलेज बन्द
भारतको मुम्बईमा भीषण वर्षा, विद्यालय र कलेज बन्द
बानेश्वर क्षेत्र तनावग्रस्त, पत्रकार लगायत कयौ प्रहारी घाइते
बानेश्वर क्षेत्र तनावग्रस्त, पत्रकार लगायत कयौ प्रहारी घाइते
त्रिभुवन विश्वविद्यालयको जंगल परिसरमा सुन्दर पार्क निर्माणका लागि मन्त्री पुनले गरे श्रमदानको आह्वान
त्रिभुवन विश्वविद्यालयको जंगल परिसरमा सुन्दर पार्क निर्माणका लागि मन्त्री पुनले गरे श्रमदानको आह्वान
मधेशका मुख्यमन्त्री सिंहको चासो- एमबीबीएस कार्यक्रम सुरु गरौं, जे गर्नुपर्छ गर्छौं
मधेशका मुख्यमन्त्री सिंहको चासो- एमबीबीएस कार्यक्रम सुरु गरौं, जे गर्नुपर्छ गर्छौं
वीरगञ्जमा एक महिलाको शव फेला
वीरगञ्जमा एक महिलाको शव फेला