चालू खाता साढे २ खर्ब र भुक्तानी सन्तुलन ४ खर्ब बढीले बचतमा
२७ जेठ, काठमाडौं ।
सरकारको चालू खाता र भुक्तानी सन्तुलन दुवै बलियो अवस्थामा देखिएका छन्। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको १० महिनामा चालू खाता २ खर्ब ५५ अर्ब ९३ करोडले बचतमा देखिएको हो। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ९३ अर्ब ३१ करोडले बचतमा थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब ८९ करोडले बचतमा छ। समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ८ अर्ब ४८ करोड छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ अर्ब २६ करोड थियो। यसैगरी, समीक्षा अवधिमा १० अर्ब ६० करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment