धोनी आईसीसीको यस्तो सूचीमा, भने- गर्वको क्षण
२७ जेठ, काठमाडौं ।
भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषदले प्रतिष्ठित ‘हल अफ फेम’मा समावेश गरेको छ। आईसीसीले सोमबार यसको औपचारिक घोषणा गरेको हो। यो सम्मानसँगै धोनी आईसीसी हल अफ फेममा पर्ने ११ औँ भारतीय खेलाडी बनेका छन्। आईसीसीले धोनीको करियरको उच्च प्रशंसा गर्दै भनेको छ, “१७ हजार २६६ अन्तर्राष्ट्रिय रन, ८२९ शिकार (विकेटकिपरका रूपमा) र ५३८ खेल… यी तथ्याङ्कहरूले उनको असाधारण प्रतिभा मात्र नभई, उनको निरन्तरता, उत्कृष्ट फिटनेस र लामो तथा सफल करियरको स्पष्ट प्रमाण दिन्छ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment