पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर वीरगञ्ज भन्सार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ २६, २०८२
|
|
३५ पटक हेरिएको
Shares
पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर वीरगञ्ज भन्सार

सारांश

  • वीरगञ्ज भन्सार कार्यालयले चालू आवको १० महिनाको अवधिमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ६४ अर्ब ५० करोड राजस्व सङ्कलन गरेको छ ।
  • कार्यालयले चालू आवको १० महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयात गर्नका लागि १ खर्ब ५५ अर्ब ९४ करोड रकम खर्चिएको छ ।
  • आयातबाट प्राप्त कूल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने ४६ दशमलव २६ प्रतिशत रहेको छ ।

२६ जेठ, वीरगञ्ज ।

वीरगञ्ज भन्सार कार्यालयले चालू आवको १० महिनाको अवधिमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ६४ अर्ब ५० करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालू आवको १० महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयात गर्नका लागि १ खर्ब ५५ अर्ब ९४ करोड रकम खर्चिएको छ । आयातबाट प्राप्त कूल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने ४६ दशमलव २६ प्रतिशत रहेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने यहाँको भन्सारको मुख्य राजस्वको स्रोत नै पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको बताए । त्यस्तै दोस्रो धेरै राजस्व भने यातायात साधन र तिनका पार्टपूजा आयातबाट १५ अर्ब २४ करोड रकम प्राप्त गरेको छ । त्यस्तै आयातबाट प्राप्त राजस्वमा यातायातको साधन र पार्टपूर्जाको हिस्सा भने १० दशमलव ९३  प्रतिशत रहेको छ । त्यस्तै फलाम तथा फलामबाट बनेका सामानबाट भने पाँच अर्ब २५ करोड राजस्व सङ्कलन गरेको छ ।

मेसिनरी तथा पाटपुर्जा आयातबाट भने चार अर्ब ५५ करोड राजस्व सङ्कलन गरेको छ । त्यस्तै, इलेक्ट्रिक मेसिनरी,उपकरण र तिनका पाटपुर्जा आयातबाट तीन अर्ब ३७ करोड राजस्व सङ्कलन गरेको छ । चालू आवकै १० महिनामा सबै प्रकारका कपडा आयातबाट भने दुई अर्ब ८७ करोड राजस्व सङ्कलन गरेको छ ।  त्यस्तै  सुर्ती र सुर्तीजन्य पदार्थको आयातबाट भने दुई अर्ब २३ करोड राजस्व सङ्कलन गरेको छ । शृङ्गारका सामान आयातबाट भने दुई अर्ब २२ करोड राजस्व सङ्कलन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्जको कपडा गोदाममा छापा हान्दा सशस्त्रमाथि आक्रमण ३ जना घाइते
वीरगञ्जको कपडा गोदाममा छापा हान्दा सशस्त्रमाथि आक्रमण ३ जना घाइते
निर्वाचनमा मतदान अधिकृतको जिम्मेवारी र अधिकार के के हुन् ?
निर्वाचनमा मतदान अधिकृतको जिम्मेवारी र अधिकार के के हुन् ?
सेयर बजार पर्सि बुधबारदेखि खुल्ने
सेयर बजार पर्सि बुधबारदेखि खुल्ने
गण्डकी प्रदेशको ‘लाइफलाइन’ पोखरा–मुग्लिन सडक विस्तार अन्तिम चरणमा   
गण्डकी प्रदेशको ‘लाइफलाइन’ पोखरा–मुग्लिन सडक विस्तार अन्तिम चरणमा   
विराटनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु, आईसीपी क्षेत्रमा तनाव
विराटनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु, आईसीपी क्षेत्रमा तनाव
६० किलो सुन तस्करी प्रकरणमा बाराका एक सुनचाँदी व्यवसायी पक्राउ
६० किलो सुन तस्करी प्रकरणमा बाराका एक सुनचाँदी व्यवसायी पक्राउ
आजको मौसम : कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भू‍–भागमा आंशिक बादल लाग्ने
आजको मौसम : कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भू‍–भागमा आंशिक बादल लाग्ने
नगरपालिकामा लगाईएको ताला खोलियो, माग पूरा नगरे पुनः तालाबन्दी गर्ने चेतावनी
नगरपालिकामा लगाईएको ताला खोलियो, माग पूरा नगरे पुनः तालाबन्दी गर्ने चेतावनी
प्रधानमन्त्रीसँग लिखित जवाफ माग्ने सर्वोच्चको आदेश
प्रधानमन्त्रीसँग लिखित जवाफ माग्ने सर्वोच्चको आदेश
राप्रपाको प्रदर्शन : बाहिरी व्यक्तिलाई घरमाथि जान नदिन आग्रह
राप्रपाको प्रदर्शन : बाहिरी व्यक्तिलाई घरमाथि जान नदिन आग्रह