अमेरिकामा गोली लागी मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ २४, २०८२
|
|
३३ पटक हेरिएको
Shares
अमेरिकामा गोली लागी मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

सारांश

  •   उनीहरूको गोली लागी मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।
  • मृत्यु हुनेहरूमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ र एक ८ वर्षीया बालिका र अर्का २ वर्षीय बालक रहेको मनासस पार्क प्रहरीले जारी गरेको सूचनामा जनाइएको छ।
  • बालबालिकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

२४ जेठ, अमेरिका :

अमेरिकाको भर्जिनिया राज्यको मनासास पार्क शहरमा रहेको एक घरमा एक नेपाली परिवारका चार जना मृत अवस्थामा फेला परेका छन्।  उनीहरूको गोली लागी मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। मृत्यु हुनेहरूमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ र एक ८ वर्षीया बालिका र अर्का २ वर्षीय बालक रहेको मनासस पार्क प्रहरीले जारी गरेको सूचनामा जनाइएको छ। बालबालिकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

मनासस पार्कमा रहेको सो घटना घटेको घर नेपालीकै रहेको र मृतकको परिवार भाडामा बस्दै आएको बताइएको छ। घर धनीले प्रहरीलाई सम्पर्क गरेपछि प्रहरी आई घटनास्थल प्रवेश गर्दा चार जनाको शव फेला पारेको हो।  बिहीबार राति करिब १० बजेर ४० मिनेट जाँदा प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीले उक्त घटनाको अनुसन्धान अगाडि बढाएको र शवलाई पोस्टमार्टमका लागि मनासस अस्पताल लगिएको उल्लेख गरेको छ।

हत्या या आत्महत्या के भन्ने यकिन भई नसकेको र अनुसन्धानपश्चात घटना के कसरी भएको हो भन्ने पत्ता लाग्ने प्रहरीलाई उद्धृत गर्दै स्थानीय अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन्।  प्रहरीले जारी गरेको प्रारम्भिक अवस्था प्रतिवेदनमा चारै जनाको मृत्यु गोली लागेर मृत्यु भएको घटनास्थलबाट एक थान बन्दुक बरामद गरिएको  उल्लेख गरिएको छ। सो परिवार सो स्थानमा ६ महिनाअघि आएको बताइएको छ। मृतक बालिका स्थानीय मनासस पार्क प्राथमिक विद्यालयमा अध्ययनरत् रहेको सो विद्यालयले जानकारी गराएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काभा महिला नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरको सम्मान
काभा महिला नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरको सम्मान
सुदूरपश्चिमका सभामुख भण्डारीका अंगरक्षक बोहोराको स्कुटर दुर्घटनामा मृत्यु
सुदूरपश्चिमका सभामुख भण्डारीका अंगरक्षक बोहोराको स्कुटर दुर्घटनामा मृत्यु
कक्षा १२ को परीक्षाफल सार्वजनिक
कक्षा १२ को परीक्षाफल सार्वजनिक
दुर्गा प्रसाईंको गिरफ्तारीविरुद्ध नागरिक बचाउ दल आन्दोलित, महामन्त्री भन्छन्– आजै सडकमा उत्रिन्छौं
दुर्गा प्रसाईंको गिरफ्तारीविरुद्ध नागरिक बचाउ दल आन्दोलित, महामन्त्री भन्छन्– आजै सडकमा उत्रिन्छौं
राजनीतिमा सक्रिय रहेकै बेला योग्यलाई नेतृत्व सुम्पिने केपी ओलीको घोषणा
राजनीतिमा सक्रिय रहेकै बेला योग्यलाई नेतृत्व सुम्पिने केपी ओलीको घोषणा
बाराको उनासी पुलमा बस दुर्घटना, ४३ जना घाइते, आठको अवस्था गम्भीर
बाराको उनासी पुलमा बस दुर्घटना, ४३ जना घाइते, आठको अवस्था गम्भीर
प्रतिनिधिसभाको बैठक बस्दै, अवरोध खुलाउने प्रयास जारी
प्रतिनिधिसभाको बैठक बस्दै, अवरोध खुलाउने प्रयास जारी
ट्राफिक नियमको संदेश प्रसारका लागि नगर प्रहरी प्रमुख हाछेथुद्वारा ट्याटू पुर्न लेखन
ट्राफिक नियमको संदेश प्रसारका लागि नगर प्रहरी प्रमुख हाछेथुद्वारा ट्याटू पुर्न लेखन
महिला खुला गल्फ प्रतियोगिता शनिबार
महिला खुला गल्फ प्रतियोगिता शनिबार
काठमाडौं महानगरले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने
काठमाडौं महानगरले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने