२६ जेष्ठ २०८२, आईतवार

आफ्नै पार्टी कार्यालय छिर्न पाएनन् तरुण दलका युवा, सुरक्षाकर्मी लगाइयो

२३ जेठ, काठमाडौँ ।

नेपाल तरुण दलको महाधिवेशन गर्न नसक्ने केन्द्रीय समिति विघटनको माग गर्दै तरुण युवाहरुले प्रदर्शन गरेका छन् । शुक्रबार दिउँसो नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय बीपीनगर सानेपामा र्यालीसहित पुगेका उनीहरुले उक्त तदर्थ समिति विघटनको माग गरेका हुन् ।  यद्यपि चार सय मोटरसाइकलमा करिब आठ सय जनाको संख्यामा गएको टोलीलाई पार्टी कार्यालयभित्र छिर्न दिइएन । तरुण दलका सतिन्द्र सिंह ठकुरीले आफूहरुलाई सुरक्षााकर्मी लगाएर बाहिर पठाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment