२६ जेष्ठ २०८२, आईतवार

सर्वोच्चद्वारा काठमाडौंमा जारी निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्न अस्वीकार

२२ जेठ, काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत आइतबार जारी गरेको निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । राजवादीहरुको आन्दोलनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोटेश्वर, बल्खु र चाबहिलको सिफल चौर बाहेक अन्त्य प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको थियो ।

त्यसविरुद्ध राजावादीहरुको संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल भनेर चिनिने भद्रप्रसाद नेपालले रिट दायर गर्न खोजेको थिए । तर सर्वोच्चले सो रिट दर्ता गर्न सर्वोच्च प्रशासनले अस्वीकार गरेको हो । नेपालले रिट दरपिठ विरुद्ध पुनः रिट दायर गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?