२६ जेष्ठ २०८२, आईतवार

सूचना टाँस गरेर सारियो प्रतिनिधिसभा बैठकको समय

२१ जेठ, काठमाडौं ।

प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर सारिएको छ । सभामुखको सचिवालयले सूचना टाँस गरेर सवा ३ बजेसम्मका लागि सरेको जानकारी गराएको छ । आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो । विपक्षी दलहरूसँग सहमति जुट्न नसक्दा बैठक बस्न नसकेको हो । गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका विपक्षी दलहरू आफ्ना अडानमा कायमै छन् ।

सत्तापक्ष पनि पुरानै अडानबाट पछि हटेको छैन । सहमति नजुटेपछि सभामुख देवराज घिमिरे बैठक अघि बढाउने वा अर्को मितिका लागि सार्ने भन्ने निर्णय लिन आन्तरिक छलफलमा जुटेका  थिए । सदनमा पहिले गृहमन्त्रीलाई बोल्न दिनुपर्ने भन्दै सत्तापक्षले बाँकी विषयमा त्यसपछि छलफल गरिने बताउँदै आएको छ । सत्तापक्ष यो अडानबाट पछि नहटेपछि गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागमा विपक्षी पनि अडिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment