नेपालले स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै
१८ जेठ, काठमाडौं ।
आइसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्याण्डविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ । फोर्टहिलमा केही समयमा सुरु हुने खेलमा टस जितेर नेपालले पहिले बलिङ रोजेको हो । नेपालले यसअघि पनि लिग २ अन्तर्गत स्कटल्याण्डसँग खेलिसकेको छ ।
गत अक्टोबरमा अमेरिकामा भएको शृंखलामा नेपालले स्कटल्याण्डविरुद्ध एक खेल जितेको थियो भने अर्को खेल वर्षाका कारण सम्पन्न हुन सकेन । ओडिआई इतिहासमा नेपाल र स्कटल्याण्डबीच ८ खेल भइसकेका छन्, जसमा नेपालले ४ खेल जितेको छ भने स्कटल्याण्डले ३ जित निकालेको छ । एक खेल नतिजाविहीन रहेको छ । पछिल्ला चार खेलमा नेपाल अपराजित रहँदै ३ खेलमा विजयी भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment