२६ जेष्ठ २०८२, आईतवार

संसद्को अवरोधबारे निर्णय लिन माओवादीले बोलायो संसदीय दलको बैठक

१६ जेठ, काठमाडौं । 

नेकपा माओवादी केन्द्रले संसद्को अवरोधबारे निर्णय लिन विज्ञसहितको संसदीय दलको बैठक बोलाएको छ।   शुक्रबार अध्यक्ष दाहाल निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले विज्ञसहितको संसदीय दलको बैठक बोलाउने निर्णय गरेको हो।

बैठक जेठ १९ गते मध्यान्ह १२ बजे माओवादी संसदीय दलको कार्यालयमा बैठक बस्नेछ । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै माओवादीले विपक्षी दलहरूसँग मिलेर लगातार संसद् अवरोध गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment