राजावादी आन्दोलन आज पनि

१५ जेठ, काठमाडौं ।
राजावादीहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन्। हिजो (बिहीबार)देखि काठमाडौं केन्द्रित आन्दोलनले आज पनि निरन्तरता पाउने भएको हो। रत्नपार्क, शान्तिबाटिका केन्द्रित आन्दोलन आज पनि १२ बजेबाट नै सुरु हुने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जानकारी दिए।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पनि आजको आन्लदोलन १२ बजे बिजुली बजार काठमाडौंबाट सुरु हुने बताएका छन्। उनले भनेका छन्, ‘अवस्था परिवर्तन गर्न व्यवस्था परिवर्तन गरौँ आज दिनको १२ बजे बिजुली बजार काठमाडौंबाट सुरु हुँदै।। उपस्थितिका लागि सबैलाई हार्दिक अनुरोध गर्दछु।’ दुर्गा प्रसाइ नेतृत्वकाे अभियान भने राप्रपा नेतृत्वमा सहभागी नहुने भन्दै शुक्रबारबाट माइतीघर केन्द्रित हुने जनाएकाे छ।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment