वीर अस्पताललाई सुधार गरी अन्तर्राष्ट्रिय स्तरको बनाइने
१५ जेठ, काठमाडौं ।
सरकारले वीर अस्पताल सुधार गरी अन्तर्राष्ट्रियस्तरको सेवा दिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो उल्लेख गरेका हुन् ।
देशकै ठूलो र जेठो अस्पताल वीर अस्पतालबाट अन्तर्राष्ट्रिय स्तरको चिकित्सा शिक्षा र अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने बजेटमा उल्लेख छ । त्यसका लागि पूर्वाधार निर्माण, उपकरण र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरिएको अर्थमन्त्री पौडेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment