पूजा महतोलाई डिस होमद्वारा DTH सेवा प्रदान
१४ जेठ, महोत्तरी ।
नेपालको यु–१९ महिला क्रिकेट टोलीकी पूर्वकप्तान तथा वर्तमान उप–कप्तान पूजा महतोलाई डिस होमले सम्मानस्वरूप निःशुल्क Lifestyle HD प्याकेज प्रदान गर्ने भएको छ। उक्त सेवा उनलाई उनको क्रिकेट क्षेत्रमा गरेको योगदान र समर्पणको कदर स्वरूप प्रदान गरिएको हो।
सेवा हस्तान्तरण कार्यक्रममा डिस होमका महाप्रबन्धक (जेनरल म्यानेजर) सुनिल थापाको विशेष रूपमा उपस्थित थिए। डिस होमका अधिकृत विक्रेता लक्ष्मी इन्टरप्राइजेज एण्ड जेनरल सप्लायर्सका प्रोप्राइटर सुभाष गुप्ताका अनुसार, युवा खेलाडी पूजा महतोको प्रतिभा र निरन्तर योगदानलाई सम्मान गर्दै डिस होमले यो सेवा प्रदान गरेको हो।
महोत्तरी जिल्लाको गौशाला नगरपालिका–९, डुमरवनामा स्थायी बसोबास गर्ने महतोले यु–१९ महिला क्रिकेट टोलीको कप्तानको रूपमा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गरिसकेकी छन्। हाल उनी नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी उप–कप्तानको भूमिकामा सक्रिय रूपमा आबद्ध छिन्।
Post Comment