२५ जेष्ठ २०८२, शनिबार

संसद् भवनमा विपक्षी दलको बैठक

 

१४ जेठ, काठमाडौं ।

संसद् भवनमा विपक्षी दलहरूको बैठक जारी रहेको छ । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतको बैठक बसिरहेको हो । प्रतिनिधिसभामा विपक्षीहरूले खेल्ने भूमिका सन्दर्भमा रहेर नेताहरू छलफलमा जुटेका हुन् । माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले बैठक बसिरहेको जानकारी गराए ।

हिजो संसद् बैठक बस्न नसकेपछि बुधबार बिहान विपक्षी दलहरूको छलफल गर्ने नेताहरूले जानकारी गराएका थिए । गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै हिजो विपक्षी दलले संसद् बैठक चल्न दिएका थिएनन् । रास्वपाले गृहमन्त्रीको राजीनामालाई बटम लाइन बनाएको छ भने राप्रपाले छानबिन समितिको माग गरेको छ । भिजिट भिसा प्रकरणमा विपक्षीमा रहेका माओवादी केन्द्र र राप्रपा लचिलो देखिने संकेत पाएको सत्ता पक्षका एक नेताले जानकारी गराए । ‘१५ वैशाखमा बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान छ । बजेट ल्याउन उहाँहरूले नदिएर के गर्नुहुन्छ त ?’ ती नेताले भने, ‘नियमित प्रक्रियाबाट बजेट आउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?