२६ जेष्ठ २०८२, आईतवार

भूकम्प प्रभावितको उद्धार र राहतबारे गृह मन्त्रालयमा बैठक

काठमाडौँ । भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार तथा उपचारको लागि  आवश्यक निर्णय गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा गृह मन्त्रालयमा बैठक जारी छ ।

प्रधानमन्त्री कार्यालय, सुरक्षा निकायका प्रमुखहरू, स्वास्थ्य मन्त्रालय, सङ्घीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्रतिनिधिहरूसहितको बैठक सिहदरबारमा बसेको हो । बैठकले प्रभावित क्षेत्रमा राहत तथा उद्धारका कार्यक्रम कसरी अघि बढाउने भन्नेबारे निर्णय लिने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0