२६ जेष्ठ २०८२, आईतवार

लमजुङको एक घरमा आगलागी, भाडामा बसेकी एकल महिलाको जलेर मृ*त्यु

१४ जेठ ,लमजुङ  ।

सुन्दर बजार नगरपालिका–९ बुद्धटोलस्थित भरत थापाको घरमा आगलागी हुँदा भाडामा बसेकी एकल महिलाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार दोर्दी गाउँपालिका–१ की ७० वर्षीया मिठी थापाको मृत्यु भएको हो ।

आज बिहान करिब ३ः३० बजे आगलागी भएपछि प्रहरी र स्थानीयले उहाँ बस्नु भएको कोठाको ढोका फोरेर उहाँलाई उद्धार गरेका थिए । जलेर गम्भीर घाइते हुनुभएकी उहाँको बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?