२६ जेष्ठ २०८२, आईतवार

झिनो अंकले बढ्यो सेयर बजार, घट्यो कारोवार

 

१३ जेठ, काठमाडौं ।

आज मंगलवार सेयर बजार झिनो अंकमा बढेको छ । आज नेप्से जम्मा ०.८५ अंक बढेको हो । सो वृद्धिपछि २६७५.६२ अंकमा कायम भएको छ । कारोवार रकम घटेको छ । अघिल्लो दिन ७ अर्ब ५८ करोडको कारोबार भएकोमा आज ६ अर्ब ५२ करोडको भयो ।कुल ८५ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो ।

विकास बैंक समूह सबैभन्दा धेरै १.६६ प्रतिशत बढ्यो ।  बैंकिङ ०.४०, हाइड्रोपावर ०.१४, उत्पादन ०.२९ तथा व्यापार समूह ०.९५ प्रतिशत बढे । फाइनान्स ०.६१, लगानी ०.२६, जीवन बीमा ०.५४, माइक्रोफाइनान्स १.१३, निर्जीवन बीमा ०.५५, होटल तथा पर्यटन ०.०९ तथा अन्य समूह ०.२० प्रतिशत घटे । आज पाँच कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । कर्पोरेट डेभलपमेन्ट बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स, ग्रिन डेभलपमेन्ट बैंक, भूगोल इनर्जी र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment