तीनकुने घटनामा धवल, रविन्द्र र दुर्गासहित ६१ जनाविरुद्ध मुद्दा दर्ता
चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको अभियोगमा ६१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि शर्मा पोखरेलका अनुसार राज्यविरुद्धको कसुरसमेतमा धवलशमशेर राणा, रविन्द्र मिश्र र दुर्गा प्रसाईंसहित ५० जनालाई प्रतिवादी बनाइएको छ।
अरु ११ जनालाई आपराधिक उपद्रवमा मात्रै छुट्टै मुद्दा दायर गरिएको छ। यस्तै दुर्गा प्रसाईंसहित ८ जनालाई भने कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा पनि प्रतिवादी बनाइएको शर्माले जानकारी दिए। चार जना नाबालकको हकमा अनुसन्धान भइरहेकाले बाल अदालतमा छुट्टै अभियोग दर्ता हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment