भिजिट भिसाबारे पूर्वडीएसपी पन्थीले उठाएको विषयमा गृह मन्त्रालयले थाल्यो अनुसन्धान

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ११, २०८२
|
|
२२ पटक हेरिएको
Shares
भिजिट भिसाबारे पूर्वडीएसपी पन्थीले उठाएको विषयमा गृह मन्त्रालयले थाल्यो अनुसन्धान

सारांश

  •   नेपाल प्रहरीका पूर्वडीएसपी गोविन्द पन्थीले भिजिट भिसा प्रकरणमा अनुसन्धान प्रभावित पारिएको भनी गरेको खुलासाबारे गृह मन्त्रालयले आन्तरिक छानबिन थालेको छ ।
  • पूर्वडीएसपी गोविन्द पन्थीले उठाएको विषयमा मन्त्रालयले आन्तरिक छानबिन थालेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
  • सामाजिक सञ्जालमार्फत  पन्थीले भिजिट भिसामा हुने भ्रष्टाचारको अनुसन्धान गर्दा आफ्नो सरुवा भएको उल्लेख गरेका थिए ।

११ जेठ, काठमाडौं । 

नेपाल प्रहरीका पूर्वडीएसपी गोविन्द पन्थीले भिजिट भिसा प्रकरणमा अनुसन्धान प्रभावित पारिएको भनी गरेको खुलासाबारे गृह मन्त्रालयले आन्तरिक छानबिन थालेको छ । पूर्वडीएसपी गोविन्द पन्थीले उठाएको विषयमा मन्त्रालयले आन्तरिक छानबिन थालेको गृह मन्त्रालय स्रोतले जनाएको छ । सामाजिक सञ्जालमार्फत  पन्थीले भिजिट भिसामा हुने भ्रष्टाचारको अनुसन्धान गर्दा आफ्नो सरुवा भएको उल्लेख गरेका थिए ।

तत्कालीन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल प्रहरीका तत्कालीन प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको जोडबलमा आफ्नो सरुवा हुँदा अनुसन्धान प्रभावित भएको पन्थीको दाबी छ । भिजिट भिसा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीको सचिवालय टीम पनि अनुसन्धानको दायरामा आउने उनले बताए । अध्यागमनमा हुने अनियमिततामाथि अधिकार सम्पन्न न्यायिक आयोग गठन गरी अनुसन्धान गर्दा एकाधबाहेक सबै गृहमन्त्री, श्रममन्त्री र प्रधानमन्त्रीको सचिवालयको टोलीसमेत कानूनी कठघरामा उभिनु पर्ने स्थिति आउने उनको दाबी छ ।पन्थीका अनुसार २०८० को असोज १९ गते १ हजार ६ सय ४१ वटा राहदानी सहितको शङ्कास्पद कागजात उपत्यका अपराध अनुसन्धान कार्यालयमा आएको थियो ।

त्यसको प्रारम्भिक अनुसन्धान मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले थालेको थियो । तर पछि त्यसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा हस्तान्तरण गरिएको थियो । प्रारम्भमा कागजातहरू ३ नं पिलरमा गएकाले अनुसन्धानमा प्रगति नहुँदा एसएसपी सोमेन्द्र सिंह राठौरको निर्देशनमा पन्थीको टोलीलाई त्यसको अनुसन्धान गर्ने जिम्मा लगाइएको थियो । अनुसन्धान भइरहेकै बेला आफ्नो सरुवा गरेर अनुसन्धान रोक्ने काम भएको उनको भनाइ छ । पन्थीले भिजिट भिसाको १७ बुँदे मापदण्डलाई तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको पालामा नै ६ बुँदे बनाइएको परिणाम नेपाल सरकारले जोखिमयुक्त भनेका देशमा समेत नेपाली कामदार पुगेर अलपत्र परेको तथ्य पनि सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रामक सूचनामा विश्वास नगर्न सेनाको आग्रह
भ्रामक सूचनामा विश्वास नगर्न सेनाको आग्रह
रवि लामिछाने सहित २६ जनासँग सोधपुछ गर्दै सहकारी छानबिन समिति
रवि लामिछाने सहित २६ जनासँग सोधपुछ गर्दै सहकारी छानबिन समिति
सुशीला कार्कीकाे शपथग्रहणको कार्यक्रम केही समय पर धकेलियो
सुशीला कार्कीकाे शपथग्रहणको कार्यक्रम केही समय पर धकेलियो
रास्वपाको प्रश्न : एमालेले मात्रै कुलिङ पिरियड चाहिँदैन भन्नुको कारण के हो ?
रास्वपाको प्रश्न : एमालेले मात्रै कुलिङ पिरियड चाहिँदैन भन्नुको कारण के हो ?
६ वटा संसदीय समितिको बैठक बस्दै, के–के छन् कार्यसूची ?
६ वटा संसदीय समितिको बैठक बस्दै, के–के छन् कार्यसूची ?
विराटनगरमा करेन्ट लागेर १ जनाको मृ*त्यु
विराटनगरमा करेन्ट लागेर १ जनाको मृ*त्यु
प्रचण्डजीसँग संसद चलाउने कुरा गर्न खोजें, तर उहाँ चाहनु भएको छैन: प्रधानमन्त्री ओली
प्रचण्डजीसँग संसद चलाउने कुरा गर्न खोजें, तर उहाँ चाहनु भएको छैन: प्रधानमन्त्री ओली
राष्ट्रिय सभा निर्वाचन : १८ पदमा ४४ जनाले दिए उम्मेदवारी
राष्ट्रिय सभा निर्वाचन : १८ पदमा ४४ जनाले दिए उम्मेदवारी
शीतलनिवासबाट हात्तीका दाह्रा चोरी गर्ने पाँच जनालाई प्रहरीले गर्‍याे सार्वजनिक
शीतलनिवासबाट हात्तीका दाह्रा चोरी गर्ने पाँच जनालाई प्रहरीले गर्‍याे सार्वजनिक
नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, चालक गम्भीर
नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, चालक गम्भीर