सुनचाँदी पसलमा प्रहरीको छापा, ४० किलो चाँदीसहित सञ्चालक पक्राउ
१६ कार्तिक, विराटनगर । करिब ४० केजी चाँदी तस्करी गरेको आरोपमा प्रहरीले एक जना सुनचाँदी व्यवसायीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर–११ पिचरास्थित पशुपति ज्वेलर्सका सञ्चालक विश्वजीत जान रहेका छन् । प्रहरीले सुनचाँदी पसलबाट आज दिउँसो ४० किलो तस्करीको चाँदीको गरगहना बरामद गरेको थियो । पक्राउ परेका सञ्चालक अहिले विराटनगर भन्सार कार्यालयमा रहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । पक्राउ परेका जान भारतीय नागरिक हुन् । उनले पिचरामा सुनचाँदीको पसल सञ्चालन गर्दै आएका थिए । विराटनगर भन्सार कार्यालयले भने बरामद चाँदीको परिणामबारे केही बताएको छैन । विराटनगर भन्सार कार्यालय, मोरङ प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा छापा हानेर चाँदी बरामद गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1