ह्वाइटहाउसद्वारा हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना अनुमति रोक्का

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ९, २०८२
|
|
३१ पटक हेरिएको
Shares
ह्वाइटहाउसद्वारा हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना अनुमति रोक्का

सारांश

  • अमेरिकी सरकारले हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न रोक लगाएको छ ।
  • अमेरिकाको गृहमन्त्री कृस्टी नोमले सामाजिक सञ्जाल एक्समार्फत् यो जानकारी दिएकी हुन् ।
  • उनले सामाजिक सन्जाल एक्समा हार्वर्ड विश्वविद्यालयले ‘कानुनसम्मत काम गर्न विफल भएकाले’ विदेशी विद्यार्थी भर्ना गर्न पाउने अनुमति खारेज गरिदिएको उल्लेख गरेकी छन् ।

९ जेठ, काठमाडौं ।

अमेरिकी सरकारले हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न रोक लगाएको छ । अमेरिकाको गृहमन्त्री कृस्टी नोमले सामाजिक सञ्जाल एक्समार्फत् यो जानकारी दिएकी हुन् । उनले सामाजिक सन्जाल एक्समा हार्वर्ड विश्वविद्यालयले ‘कानुनसम्मत काम गर्न विफल भएकाले’ विदेशी विद्यार्थी भर्ना गर्न पाउने अनुमति खारेज गरिदिएको उल्लेख गरेकी छन् । उनले सरकारको यो निर्णय अमेरिकाका अरु विश्वविद्यालय र शैक्षिक केन्द्रहरूका लागि चेतावनी पनि भएको उल्लेख गरेकी छन् ।

‘स्टुडेन्ट एक्सचेन्ज प्रोग्राम’ अन्तर्गत अमेरिकाको सबभन्दा पुरानो र विश्वप्रतिष्ठित हार्वर्ड विश्वविद्यालयमा नेपालसहित १४० भन्दा धेरै देशका नागरिकहरुले अध्ययन गर्दै आएका छन् । तर अमेरिकी सरकारले त्यो अनुमति खारेज गरिदिएकाले अब भर्ना भइसकेका विदेशी विद्यार्थीहरु अन्य विश्वविद्यालयमा स्थानान्तरण हुनुपर्ने क्रिस्टी नोमको भनाइ छ । ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयले यहुदी विरोधी भावना फैलाउन मद्दत गरेको, चिनियाँ कम्युनिस्ट पार्टीसँग समन्वय गरेको लगायतको आरोप लगाउँदै आएको छ । तर हार्वर्डले विश्वविद्यालयले भने आरोपको खण्डन गर्दै विदेशी विद्यार्थी पढाउन अनुमति नदिने सरकारको निर्णयले अमेरिकालाई नै हानि हुने चेतावनी दिएको छ ।

हार्वर्डमा विदेशी विद्यार्थीहरुलाई पढ्न नदिने ट्रम्प प्रशासनको निर्णयले हजारौं प्रभावित हुने बीबीसीले जनाएको छ । गत शैक्षिक सत्र हार्वर्डमा ६ हजार ७०० विदेशी विद्यार्थी भर्ना भएका थिए । यो हार्वर्ड विश्वविद्यालयको कूल विद्यार्थी संख्याको २७ प्रतिशत हो । ट्रम्प राष्ट्रपतिको रुपमा दोस्रोपटक ह्वाइटहाउस प्रवेश गरेलगत्तै सरकारी खर्च कटौतीको अभियान सुरु गरेका थिए । खर्च कटौतीको नाममा अनेक प्रतिबन्ध र आर्थिक सहायता रोक्का गर्दै आएको ट्रम्प प्रशासनको निशानामा हार्वर्ड विश्वविद्यालय पनि परेको थियो । ट्रम्प प्रशासनले नीति सुधारका लागि भन्दै हार्वर्डलाई एक सूची पठाएको थियो । सूचीमा शासन, भर्ना अभ्यास र भर्ना प्रक्रियाहरूमा परिवर्तनका विषयहरु समावेश थिए । तर हार्वर्डले त्यसलाई अस्वीकार गरेको भन्दै ह्वाइटहाउसले दुई अर्ब डलर बराबरको कोष नै रोक्का गरिदिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युत् प्राधिकरण कठिन परिस्थितिमा छ : हितेन्द्रदेव शाक्य
विद्युत् प्राधिकरण कठिन परिस्थितिमा छ : हितेन्द्रदेव शाक्य
सीटीईभीटीले दियो विद्यार्थीलाई ५ करोड बढीको छात्रवृत्ति
सीटीईभीटीले दियो विद्यार्थीलाई ५ करोड बढीको छात्रवृत्ति
राजनीतिक अस्थिरताको दुश्चक्रमा फ्रान्स, एक वर्षमा ४ प्रधानमन्त्रीको राजीनामा
राजनीतिक अस्थिरताको दुश्चक्रमा फ्रान्स, एक वर्षमा ४ प्रधानमन्त्रीको राजीनामा
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६२ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६२ जनालाई कारबाही
राष्ट्रपतिसमक्ष फिनल्याण्डका राजदूत हेइकाको बिदाइ भेट
राष्ट्रपतिसमक्ष फिनल्याण्डका राजदूत हेइकाको बिदाइ भेट
छठ महापर्वको दोस्रो दिन आज ‘खरना’
छठ महापर्वको दोस्रो दिन आज ‘खरना’
धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुने काम पक्कै गर्छौं : सञ्चारमन्त्री खरेल
धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुने काम पक्कै गर्छौं : सञ्चारमन्त्री खरेल
रवि लामिछानेको मुद्दामा आज सुनवाइ नहुने
रवि लामिछानेको मुद्दामा आज सुनवाइ नहुने
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, ८ घाइते
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, ८ घाइते
प्रधानमन्त्री कपमा सुदूरपश्चिमको विजयी सुरुआत, किरण ठगुन्नाको शानदार शतक
प्रधानमन्त्री कपमा सुदूरपश्चिमको विजयी सुरुआत, किरण ठगुन्नाको शानदार शतक