सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

केबलकारले बढायो मौलाकालिका मन्दिरमा भक्तजन, नगरपालिकाको आम्दानी पनि बढ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ९, २०८२
|
|
४६ पटक हेरिएको
Shares
केबलकारले बढायो मौलाकालिका मन्दिरमा भक्तजन, नगरपालिकाको आम्दानी पनि बढ्यो

सारांश

  • पूर्वी नवलपरासीको गैंडाकोटमा रहेको प्रसिद्ध धार्मिकस्थल मौलाकालिका मन्दिर जान केबलकार बनेसँगै भक्तजनहरुसमेत बढेका छन् ।
  • मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिग्राम सापकोटाले मन्दिर आउने भक्तजनको संख्या केबलकार बनेपछि करिब ३० प्रतिशतले बढेको बताए ।
  • मन्दिर जान पैदल मार्ग तथा सडकमार्ग भए पनि झण्डै २ लाखभन्दा बढी भक्तजन केबलकारबाट मन्दिर आउने गरेको अध्यक्ष सापकोटाको भनाइ छ ।

 

९ जेठ, चितवन ।

पूर्वी नवलपरासीको गैंडाकोटमा रहेको प्रसिद्ध धार्मिकस्थल मौलाकालिका मन्दिर जान केबलकार बनेसँगै भक्तजनहरुसमेत बढेका छन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिग्राम सापकोटाले मन्दिर आउने भक्तजनको संख्या केबलकार बनेपछि करिब ३० प्रतिशतले बढेको बताए । मन्दिर जान पैदल मार्ग तथा सडकमार्ग भए पनि झण्डै २ लाखभन्दा बढी भक्तजन केबलकारबाट मन्दिर आउने गरेको अध्यक्ष सापकोटाको भनाइ छ ।

एकातिर कालीगण्डकी करिडोरबाट चिसापानी हुँदै सडक मार्गबाट मन्दिर जान सकिन्छ भने अर्कोतिर गणेश मन्दिर चुहार खोला हुँदै सडक मार्गबाट नै मन्दिर जान पनि सकिन्छ । गैंडाकोटको फेदीबाट पेटीको पैदलमार्ग भएर पनि कतिपय भक्तजनहरू मन्दिर जाने गरेको अध्यक्ष सापकोटाले बताए । उनका अनुसार मन्दिरको दर्शन गर्न वार्षिक ५ लाखभन्दा बढी भक्तजन आउने गर्दछन् । अन्य दिनमा भन्दा शनिबारको दिनमा भक्तजन बढी आउने गरेको अध्यक्ष सापकोटाले जानकारी दिए । नयाँ वर्ष, बडा दशैं, चैते दशैं जस्ता पर्वमा मन्दिरमा भक्तजनको भिड बढी हुने गरेको छ । मन्दिर र नगरपालिकाको आम्दानी बढ्यो केबलकार बनेपछि भक्तजनको संख्या अन्य दिनहरुमा पनि बढेको र मन्दिरको आम्दानीसमेत बढेको अध्यक्ष सापकोटाले बताए ।

केबलकार प्रयोगकर्ताको प्रतिटिकट ३ रुपैयाँ मन्दिरले पाउने गरेको छ । केबलकारबाट समेत मन्दिरको कूल आम्दानी वार्षिक १ करोड ९२ लाख रहेको अध्यक्ष सापकोटाले जानकारी दिए । केबलकारले मन्दिरको मात्र नभई स्थानीय गैंडाकोट नगरपालिकाको समेत राजश्व बढेको छ । केबलकारले २०८० सालमा २१ लाख ९० हजार र २०८१ सालमा २० लाख ११ हजार राजश्व बुझाएको नगरपालिकाको तथ्यांक छ ।केबलकारको टिकट नेपालीलाई ६७५, सार्क देशकालाई १ हजार नेपाली रुपैयाँ र तेस्रो देशका विदेशीलाई १५ डलर लिने गरिएको छ । ७वर्षभन्दा तल र ८० वर्ष माथिका वृद्धवृद्धालाई टिकट निःशुल्क गरिएको छ । टिकटमा विद्यार्थीलाई २५ प्रतिशत र स्थानीयलाई ४० प्रतिशत, ७० देखि ७९ बर्षका भक्तजनलाई २५ प्रतिशत छुट दिने गरिएको छ । २४ देशका नागरिक पनि पुगे मौलाकालिका मौलाकाली केबलकारका स्टेशन इन्चार्ज सुरज पौडेलले केबलकार बनेपछि मौलाकालिका मन्दिरको समेत थप प्रचारप्रसार भएको बताए । उनका अनुसार ६५ जिल्लाका भक्तजनहरू मन्दिरमा दर्शनका लागि पुगेका छन् । विभिन्न २४ देशका नागरिक पनि केबलकार हुँदै मन्दिर पुगेको देखिएको मौलाकाली केबलकारका स्टेशन इन्चार्ज पौडेलले बताए ।

हिँडेर जान नसक्ने अशक्त, अपाङ्ग र वृद्धवृद्धाहरू केबलकारबाट मन्दिरको दर्शन गर्न जान सक्ने भएका छन् । १ सय वर्षभन्दा माथिका वृद्धवृद्धाहरू पनि केबलकार चढेर मन्दिर पुगेको स्टेशन इन्चार्ज पौडेलले बताए । केबलकार बनेपछि मन्दिरको दर्शनका अलावा घुमघाम र रमाइलो गर्नका लागि पनि साथी–साथी मिलेर जाने गरेको पाइएको उनले बताए । २०८० वैशाख १८ गतेबाट औपचारिक रुपमा सुरु भएको केबलकारमा सो वर्ष २ लाख ७० हजार र २०८१ मा २ लाख ३५ हजारले केबलकारको यात्रा गरेको तथ्यांक छ । पहिले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म चल्ने केबलकार आइएमई ग्रुपले मौलाकालिका मन्दिरको केही तल केबलकारको टप स्टेशनमा होटल इला सञ्चालन गरेपछि राति १० बजेसम्म चलाउन थालिएको छ । सो होटलको गत वैशाख २९ गते उद्घाटन गरिएको थियो ।करिब १,२०० मिटर लम्बाइको केबलकारमा १४ वटा गोण्डोला रहेका छन् । फेदिबाट केबलकार चढेपछि ५ मिनेटमा मन्दिर नजिकै रहेको टप स्टेशनसम्म पुग्न सकिन्छ । केबलकार सञ्चालनमा आएपछि ४५ जनाले रोजगारी पनि पाएको स्टेशन इन्चार्ज पौडेलले बताए । मन्दिरमा गुरुकुल सञ्चालन

मौलाकालिका मन्दिर परिसरमा नै व्यवस्थापन समितिले मौलाकालिका संस्कृत विद्यापिठ (गुरुकुल) सञ्चालन गर्दै आएको छ । विगत ४ वर्षदेखि सञ्चालनमा आएको गुरुकुलमा ५५ जना विद्यार्थीहरू छन् । कक्षा ६ देखि १० सम्म पढाइ हुने गुरुकुलमा मासिक १२ लाख रुपैयाँ खर्च हुने अध्यक्ष सापकोटाले बताए । तर सरकारले सरकारले वार्षिक ५ लाख रुपैयाँ मात्र दिने गरेको छ । बाँकी अपुग रकम मन्दिरकै आम्दानीबाट व्यहोरिएको छ । गुरुकुलमा शिक्षकसहित तलब खाने २४ जना छन् । गुरुकुलमा टाढाटाढाबाट आउने र बास बस्न चाहने व्यक्तिहरुका लागि आवासको सुविधा पनि छ । मन्दिरमा एक रातमा ८० जनासम्म बस्न सक्ने सुविधा रहेको अध्यक्ष सापकोटाले बताए । एक छाकमा दैनिक ८५ देखि १ सय जनासम्मले खाना खाने गर्दछन् । शनिवारको दिनमा ३ सय जतिले खाना खान्छन् । पैसा नहुनेलाई निःशुल्क खाना दिने गरिन्छ । पैसा हुनेले आफूखुसी तिरेर जाने गर्दछन् । बस्ने आउनेमध्ये २५ प्रतिशतले निःशुल्क भोजन गर्ने र ७५ प्रतिशतले रकम सहयोग गर्ने गरेको अध्यक्ष सापकोटाले बताए । गुरुकुलका विद्यार्थी र रात बस्न आउनेहरुलाई दूध खुवाउन १० वटा गाई पालिएको छ । मन्दिरलाई नयाँ स्वरुप दिने तयारी

मौलाकालिका मन्दिरको इतिहास साढे चार सय वर्ष पुरानो छ । मौलाकालिका मन्दिर ४५० वर्ष पहिले सेन राज्यको पालामा निर्माण भएको विश्वास गरिन्छ । सोह्रौँ शताब्दीमा पाल्पाका राजा मणिमुकुन्द सेनले देवी कालिकाको नाममा प्रतीकात्मक प्रस्तुतिस्थल सिर्जना गरेपछि पर्वत (मौला पहाड) को नाम राखिएको किंवदन्ती छ । मन्दिरको अहिलेको स्वरुप केही फेर्ने मन्दिर व्यवस्थापन समितिको तयारी छ । मन्दिरमा अहिले भएको सिमेन्ट संरचना नदेखिने गरी परम्परागत शैलीको देखिने बनाइने अध्यक्ष सापकोटाले बताए । मन्दिरमा तामाको छानो हाल्ने र टुडाँलहरु फेर्ने काम पनि गरिने छ । मन्दिरको फेँदीमा १ करोडको लागतमा धर्मशाला बनाउने, १ करोडको लागतमा ढुंगा विछ्याउने तथा १ करोडको लागतमा परिक्रमा मार्गसम्म जाने पहुँच मार्गमा ढुंगा लगाउने काम भैरहेको छ । केबलकारको टपस्टेसनबाट मन्दिरसम्म पोडवे वा मोनोरेल चलाउने योजना मन्दिर व्यवस्थापन समितिले आगामी आर्थिक वर्ष सांस्कृतिक तथा पुरातात्विक संग्रहाललय बनाउने योजना समेत बनाएको छ । कतिपय भक्तजनहरु केबलकारको टप स्टेशनबाट मन्दिरसम्म जान पनि नसक्ने अवस्थालाई मध्यनजर गरेर ३ सय मिटर लामो पोडवे वा मोनोरेल जस्तो केही संरचना तयार गर्ने बारेमा पनि छलफल अगाडि बढेको अध्यक्ष सापकोटाले जानकारी दिए ।समुद्र सतहदेखि ५६१ मिटर उचाइमा रहेको यस मन्दिरबाट पवित्र देवघाटधामका साथै सुन्दर हिमालका दृश्यहरु देखिन्छ । दक्षिणमा चितवन उपत्यका आकर्षक देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमानस्थलबाट सुनसहित एक जना पक्राउ
विमानस्थलबाट सुनसहित एक जना पक्राउ
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
मधेस प्रदेशसभा अधिवेशन अन्त्य
मधेस प्रदेशसभा अधिवेशन अन्त्य
हेटौंडा उपमहानगरपालिकामा ३२ करोडको क्षति, जलेकै भवनबाट सेवा प्रवाह
हेटौंडा उपमहानगरपालिकामा ३२ करोडको क्षति, जलेकै भवनबाट सेवा प्रवाह
उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग
उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग
माइतीघरमा मानव अधिकारवादीहरुको प्रदर्शन, १७ जना पक्राउ
माइतीघरमा मानव अधिकारवादीहरुको प्रदर्शन, १७ जना पक्राउ
गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान
गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान
आजदेखि पोखरा विमानस्थलमा फ्लाई दुबईको नियमित उडान
आजदेखि पोखरा विमानस्थलमा फ्लाई दुबईको नियमित उडान
जनताको सर्वोच्चतामाथि प्रहार हुने भन्दै संसद विघटन नगर्न सोभिता गौतमको सुझाव
जनताको सर्वोच्चतामाथि प्रहार हुने भन्दै संसद विघटन नगर्न सोभिता गौतमको सुझाव
मधेश प्रदेशका आठवटै पूर्वाधार कार्यालयसंग कागजात माग
मधेश प्रदेशका आठवटै पूर्वाधार कार्यालयसंग कागजात माग