शिक्षा विधेयक टुंगोमा पुर्‍याउन गम्भीर छु : शिक्षामन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ ७, २०८२
|
|
३२ पटक हेरिएको
Shares
शिक्षा विधेयक टुंगोमा पुर्‍याउन गम्भीर छु : शिक्षामन्त्री

सारांश

  •   शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक, २०८० लाई टुंगोमा पुर्‍याउन आफू गम्भीर रहेको बताएका छन् ।
  •   बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिको प्रतिवेदनमाथि छलफलका क्रममा मन्त्री पन्तले निरन्तर छलफल गरी विद्यालय शिक्षा विधेयकलाई टुंगोमा पुर्‍याउन आफू गम्भीर रहेको बताएका हुन् ।
  •   विधेयकमा रहेका कतिपय विषयमा राजनीतिक तहमा पनि सहमति खोज्नुपर्ने देखिएको उनले बताए ।

७ जेठ, काठमाडौं । 

शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक, २०८० लाई टुंगोमा पुर्‍याउन आफू गम्भीर रहेको बताएका छन् ।  बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिको प्रतिवेदनमाथि छलफलका क्रममा मन्त्री पन्तले निरन्तर छलफल गरी विद्यालय शिक्षा विधेयकलाई टुंगोमा पुर्‍याउन आफू गम्भीर रहेको बताएका हुन् ।  विधेयकमा रहेका कतिपय विषयमा राजनीतिक तहमा पनि सहमति खोज्नुपर्ने देखिएको उनले बताए ।

मन्त्री पन्तले विधेयकमा सहमति भएका विषयलाई अघि बढाउने र सहमति हुन नसकेका विषयमा अन्तिममा टुंगोमा पुर्‍याउने गरी छलफल अघि बढाउन सुझाव दिए ।  समिति सभापति अम्बरबहादुर थापाले जेठ १५ गते बजेट आउनुअघि नै विधेयकलाई टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिए । उनले अनिवार्य शिक्षा क्षेत्रका सुधारका लागि राज्यलाई एकैपटक भार नपर्ने गरी चरणबद्ध रूपमा सुधारका योजना ल्याउनुपर्ने जिकिर गरे ।  यसअघि उपसमितिले विभिन्न १५ वटा परिच्छेद र १६३ वटा दफामाथि छलफल गरेर १०८ बुँदाको प्रतिवेदन समितिसमक्ष पेस गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वेस्ट इन्डिजविरुद्धको शृंखलाका लागि १६ सदस्यीय नेपाली टोली घोषणा
वेस्ट इन्डिजविरुद्धको शृंखलाका लागि १६ सदस्यीय नेपाली टोली घोषणा
सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ
सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ
नागरिकता विधेयकमा २५ जना सांसदले दिए संशोधन प्रस्ताव
नागरिकता विधेयकमा २५ जना सांसदले दिए संशोधन प्रस्ताव
कोप–३० सम्मेलन आयोजना स्थलमा आगलागी
कोप–३० सम्मेलन आयोजना स्थलमा आगलागी
कञ्चनपुरका आरक्ष पीडितको माग गूरा गर्ने रवि लामिछानेको प्रतिबद्धता
कञ्चनपुरका आरक्ष पीडितको माग गूरा गर्ने रवि लामिछानेको प्रतिबद्धता
सर्पदंश व्यवस्थापनसम्बन्धी सि.एम.इ. कार्यक्रम
सर्पदंश व्यवस्थापनसम्बन्धी सि.एम.इ. कार्यक्रम
बेपत्ता भएका तनहुँका महेश ५ दिनपछि मृत फेला
बेपत्ता भएका तनहुँका महेश ५ दिनपछि मृत फेला
सुशीला कार्कीकाे शपथग्रहणको कार्यक्रम केही समय पर धकेलियो
सुशीला कार्कीकाे शपथग्रहणको कार्यक्रम केही समय पर धकेलियो
उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग
उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग
मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा
मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा