Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्राधिकरणले थाल्यो भारत विद्युत निर्यात

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ ७, २०८२
|
|
८६ पटक हेरिएको
Shares
प्राधिकरणले थाल्यो भारत विद्युत निर्यात

सारांश

  •   नेपाल विद्युत प्राधिकरणले भारतमा बिद्युत निर्यात सुरू गरेको छ ।
  • प्राधिकरणले गत शनिबार देखि भारतमा विद्युत निर्यात सुरु गरेको जनाएको छ ।
  • प्राधिकरणका अनुसार शनिबारदेखि निरन्तर रुपमा रातीको समयमा भारतमा विद्युत नियमित भइरहेको छ ।

 

७ जेठ, काठमाडौं । 

नेपाल विद्युत प्राधिकरणले भारतमा बिद्युत निर्यात सुरू गरेको छ । प्राधिकरणले गत शनिबार देखि भारतमा विद्युत निर्यात सुरु गरेको जनाएको छ । प्राधिकरणका अनुसार शनिबारदेखि निरन्तर रुपमा रातीको समयमा भारतमा विद्युत नियमित भइरहेको छ । विद्युत प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारका अनुसार शनिबारदेखि भारतमा नियमित रुपमा विद्युत निर्यात सुरु भएको हो । उनले पछिल्लो चार दिन देखि रातको समयमा भारतलाई विद्युत निर्यात गरिरहेको बताए । उनले भने,‘ गत शनिबार राती देखि पछिल्लो चार दिन मंगलवारसम्म दैनिक १५० देखि २०० मेगासम्म विद्युत भारतमा निर्यात भएको छ ।

नेपालमा पानी बढ्न थालेसँगै उत्पादनमा भएको वृद्धिले नेपालको माग पूरा गरी भारतलाई विद्युत निर्यात सुरु गरिएको छ ।’ प्रवक्ता शिल्पकारले उत्पादित विद्युतले नेपालको मागलाई पूरा गरि बढी हुन थालेकाले भारतीय रियल टाइम मार्केटमा बेच्न सुरु गरेको बताए । उनले इन्डियन इनर्जी एक्सचेन्जको रियल टाइम दररेट अनुसार बिक्री सुरु भएको बताए ।  प्राधिकरणले भारतलाई नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत निर्यात गरिएको बताए । नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाहरुमा उत्पादन कमीभएसँगै भारतबाट महँगो मुल्य विद्युत खरिद गरी नेपालको माग पूरा गरिरहेको थियो । तर, नेपालमा मनसुन प्रवेशसँगै विद्युत निर्यात गर्न सुरु गर्दा प्राधिकरणलाई ठूला राहत भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टस जितेर ब्याटिङमा स्कटल्याण्ड, पहिले फिल्डिङमा नेपाल
टस जितेर ब्याटिङमा स्कटल्याण्ड, पहिले फिल्डिङमा नेपाल
अभियन्ता सरोज रायको पहलमा सर्लाहीका बाढीपीडितलाई खाद्यान्न तथा खानेपानी फिल्टर
अभियन्ता सरोज रायको पहलमा सर्लाहीका बाढीपीडितलाई खाद्यान्न तथा खानेपानी फिल्टर
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले छाडे रास्वपा
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
आलोकनगरमा चल्यो बालेनको डोजर, भत्काइए अवैध संरचना ( तस्बिरहरू )
आलोकनगरमा चल्यो बालेनको डोजर, भत्काइए अवैध संरचना ( तस्बिरहरू )
पोखरामा प्रहरीको गोली लागेर एक जना घाइते
पोखरामा प्रहरीको गोली लागेर एक जना घाइते
लागूऔषध सहित विभिन्न स्थानबाट १३ पक्राउ
लागूऔषध सहित विभिन्न स्थानबाट १३ पक्राउ
संघीय सरकारमा केन्द्रीय शासन व्यवस्थाको मानसिकता कायमै छ : मुख्यमन्त्री यादव
संघीय सरकारमा केन्द्रीय शासन व्यवस्थाको मानसिकता कायमै छ : मुख्यमन्त्री यादव
मेक्सिकन नौसेनाको जहाज न्यूयोर्कको ब्रुकलिन पुलमा ठोक्किएर क्षतिग्रस्त
मेक्सिकन नौसेनाको जहाज न्यूयोर्कको ब्रुकलिन पुलमा ठोक्किएर क्षतिग्रस्त
रवि लामिछानेलाई विमानमार्फत भैरहवा ल्याइयो, सोमबार अदालतमा उपस्थित गराइने
रवि लामिछानेलाई विमानमार्फत भैरहवा ल्याइयो, सोमबार अदालतमा उपस्थित गराइने