सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

कोशी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ ६, २०८२
|
|
३६ पटक हेरिएको
Shares
कोशी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल

सारांश

  • कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख परशुराम खापुङ्गले हिजो प्रस्तुत गर्नु भएको वार्षिक नीति तथा कार्यक्रम माथि छलफल सुरु भएको छ ।
  • छलफलका क्रममा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र¬) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गर्नुभयो ।
  • उहाँले आफूहरु प्रतिपक्षको भूमिकामा रहेपनि सरकारलाई रचनात्मक सहयोग गर्ने बताउनुभयो ।

 

 ६ जेठ, विराटनगर ।

कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख परशुराम खापुङ्गले हिजो प्रस्तुत गर्नु भएको वार्षिक नीति तथा कार्यक्रम माथि छलफल सुरु भएको छ । छलफलका क्रममा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र¬) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गर्नुभयो ।

उहाँले आफूहरु प्रतिपक्षको भूमिकामा रहेपनि सरकारलाई रचनात्मक सहयोग गर्ने बताउनुभयो । नेता आङ्बोले सरकारले नीति तथा कार्यक्रममा कुनै क्षेत्रलाई प्राथमिकतामा नराखेकाले सरकारले बनाउने बजेट वितरणमुखी हुने सम्भावना बढेको बताउनुभयो । उहाँले गरिबी निवारण, रोजगारी सिर्जना, बसाइँसराइका विषयमा राम्रो अवधारणा नआएको बताउनुभयो । कोशी प्रदेशसभा सदस्य इस्राइल मन्सुरी, किशोरचन्द्र दुलाल र खिनु लङ्वा लिम्बूले नीति तथा कार्यक्रमको समर्थन गर्दै सरकार जनताप्रति उत्तरदायी रहेको, प्रदेशप्रति जनताको आस्था बढ्ने र नीति तथा कार्यक्रम सन्तुलित रहेकाले प्रदेशको उत्रति हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

छलफलमा भाग लिँदै गीता तिमिल्सिना र प्रेमराज थाम्साङले नीति तथा कार्यक्रमको आलोचनात्मक टिप्पणी गर्नुभयो । शून्य समय बैठकको शून्य समयमा मुलुकको समसामयिक विषयमा सबीना बजगाँइ, गोपालबहादुर विश्वकर्मा, खगेश्वरी पौडेल, मीना श्रेष्ठ, इन्द्रमणि पराजुली, शीलादीक्षित कार्की, रमेशकुमार बस्नेत, शोभा चेम्जोङ र कमलप्रसाद जबेगुले बोल्नु भएको थियो । प्रदेशसभाको अर्को बैठक यही जेठ ७ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवलपुरमा सेप्टिक ट्यांकभित्र निस्सासिएर बेहोस भएका तीनै जनाको मृत्यु
नवलपुरमा सेप्टिक ट्यांकभित्र निस्सासिएर बेहोस भएका तीनै जनाको मृत्यु
सञ्चारमन्त्री खरेलसँग भारतीय अतिरिक्त सचिवको शिष्टाचार भेट
सञ्चारमन्त्री खरेलसँग भारतीय अतिरिक्त सचिवको शिष्टाचार भेट
सुजन बिकका आफन्तले गृहमन्त्री गुरुङसँग राखे न्यायको माग
सुजन बिकका आफन्तले गृहमन्त्री गुरुङसँग राखे न्यायको माग
नेपाली समाजद्वारा अमेरिकामा गठित “SAPANA” संस्था द्वारा कृषि औजार वितरण
नेपाली समाजद्वारा अमेरिकामा गठित “SAPANA” संस्था द्वारा कृषि औजार वितरण
जनमत पार्टीद्वारा कार्यदल गठन
जनमत पार्टीद्वारा कार्यदल गठन
प्रधानमन्त्रीले जलवायु न्यायका लागि राष्ट्रसंघ महासभामा उठाउँदैछन् ५ विषय
प्रधानमन्त्रीले जलवायु न्यायका लागि राष्ट्रसंघ महासभामा उठाउँदैछन् ५ विषय
एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला
एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला
यूएईविरुद्ध दीपेन्द्रसिंह ऐरीको अर्धशतक
यूएईविरुद्ध दीपेन्द्रसिंह ऐरीको अर्धशतक
पाकिस्तानी जेलबाट एक हप्तामा ३३० अफगान कैदी रिहा
पाकिस्तानी जेलबाट एक हप्तामा ३३० अफगान कैदी रिहा
राजनीतिक अस्थिरताले मुलुकमा सुशासन हुन सकेको छैन : सभामुख
राजनीतिक अस्थिरताले मुलुकमा सुशासन हुन सकेको छैन : सभामुख