गृहमन्त्रीले दिए तत्काल राहत सामग्री उपलब्ध गराउन निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ ६, २०८२
|
|
२६ पटक हेरिएको
Shares
गृहमन्त्रीले दिए तत्काल राहत सामग्री उपलब्ध गराउन निर्देशन

सारांश

  • हुम्लाको विकट क्षेत्र नाम्खा गाउँपालिका –६ तिलगाउँमा हिमताल फुटेर जेठ १ गते राति साढे १० बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म लगातार गएको लेदोसहितको पहिरोले स्थानीयहरू विस्थापित भएका छन् ।
  • समुद्री सतहदेखि ३ हजार ९४९.
  • ३४ मिटरको उचाइमा रहेको तिलगाउँमा एकै ठाउँमा गुजुमुज्ज भएका घरहरू खाली राखेर स्थानीयहरू ४ दिनदेखि त्रिपालमुनि बस्न बाध्य भएका छन् ।

६ जेठ, काठमाडौं ।

हुम्लाको विकट क्षेत्र नाम्खा गाउँपालिका –६ तिलगाउँमा हिमताल फुटेर जेठ १ गते राति साढे १० बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म लगातार गएको लेदोसहितको पहिरोले स्थानीयहरू विस्थापित भएका छन् । समुद्री सतहदेखि ३ हजार ९४९.३४ मिटरको उचाइमा रहेको तिलगाउँमा एकै ठाउँमा गुजुमुज्ज भएका घरहरू खाली राखेर स्थानीयहरू ४ दिनदेखि त्रिपालमुनि बस्न बाध्य भएका छन् । उक्त क्षेत्रमा ३२ जना विस्थापित भएको बताइएको छ ।
हिमताल फुटेर लेदोसहितको बाढीले तिल्चुङ खोलामा रहेका ५ वटा काठे पुल बगाएको छ भने सोनाम साङमु लामाको घरको छतमा प्वाल परेको छ । त्यस्तै छे बुटी लामाको घर चर्किएको छ भने धर्मशाला भत्किएको छ, १५ किलोवाटको जलविद्युत् भवन, मेसिन र कुलोमा समेत क्षति पुगेको छ ।

यसैबीच गृहमन्त्री रमेश लेखकले तिलगाउँमा पहिरोबाट विस्थापितहरूलाई तत्काल राहत सामग्री उपलब्ध गराउन निर्देशन दिनुभएको छ । सोमबार गृह मन्त्रालयमा बसेको बैठकले पहिरोबाट विस्थापितहरूलाई हेलिकोप्टरबाट तत्काल त्रिपाल र खाद्यान्नलगायतका राहत सामग्री उपलब्ध गराउन निर्देशन दिएको हो । साथै बैठकले पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययनका लागि प्राविधिक टोलीसमेत पठाउन निर्देशन दिएको छ । बैठकले राहत तथा स्थलगत अध्ययनका लागि कर्णाली प्रदेश सरकारसित आवश्यक समन्वय गर्न मातहतका निकायलाई निर्देशन पनि दिएको छ ।

यसअघि जेठ २ गते बिहान १० बजेतिर सशस्त्रको बीओपी हिल्साबाट वरिष्ठ हवल्दार लोकबहादुर बुढाको कमान्डमा ७ जना र इलाका प्रहरी कार्यालयबाट प्रहरी हवल्दारको कमान्डमा ६ जना गरी १३ जनाको टोली उद्धारका लागि खटिएका थिए । रातिमात्रै घटनास्थलमा पुगेको उक्त टोली भोलिपल्ट अर्थात आइतबार बिहान केवल क्षतिको विवरण मात्र संकलन गरेर फर्किएको थियो । हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार अग्लो ठाउँमा पुगेपछि उक्त टोलीका सदस्यहरूलाई स्वास्थ्य समस्या भएर पहिरो पीडितहरूको उद्धारमा जुट्न नसकेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेरि सूचना टाँसेर स्थगित भयो प्रतिनिधिसभा बैठक
फेरि सूचना टाँसेर स्थगित भयो प्रतिनिधिसभा बैठक
बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्ने
बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्ने
सुनिता डंगोल भन्छिन्– स्टन्ट र गाली गरेर देश बन्दैन
सुनिता डंगोल भन्छिन्– स्टन्ट र गाली गरेर देश बन्दैन
रसुवागढी जलविद्युतको सुरुङभित्र खोजी गर्दा कोही फेला नपरेपछि सेना फर्कियो
रसुवागढी जलविद्युतको सुरुङभित्र खोजी गर्दा कोही फेला नपरेपछि सेना फर्कियो
ट्रकको ठक्करबाट पैदलयात्रीको मृ*त्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृ*त्यु
कर्मचारीलाई काममा ढिलासुस्ती नगर्न ऊर्जामन्त्रीको निर्देशन
कर्मचारीलाई काममा ढिलासुस्ती नगर्न ऊर्जामन्त्रीको निर्देशन
सुनको भाउ हालसम्मकै महँगो
सुनको भाउ हालसम्मकै महँगो
आज महाशिवरात्रि, भगवान शिवको पूजा गरी मनाइँदै
आज महाशिवरात्रि, भगवान शिवको पूजा गरी मनाइँदै
भारतलाई विश्वकप जिताएसँगै कप्तान रोहित र विराटले लिए टी-२० अन्तर्राष्ट्रियबाट संन्यास
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक : वरिष्ठ उपाध्यक्ष डाँगी
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक : वरिष्ठ उपाध्यक्ष डाँगी