थाइल्याण्डविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ ६, २०८२
|
|
२८ पटक हेरिएको
Shares
थाइल्याण्डविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

सारांश

  • आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत ‘सुपर थ्री’ को अन्तिम खेलमा नेपालले आज थाइल्याण्डसँग खेल्दै छ ।
  • अहिले विहान पौने ९ बजेदेखि तेरथाइ क्रिकेट मैदानमा सुरु हुने खेलमा नेपालले पहिले बलिङ गर्दै छ ।
  • कप्तान इन्दु बर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरिन् ।

६ जेठ, काठमाडौं ।

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत ‘सुपर थ्री’ को अन्तिम खेलमा नेपालले आज थाइल्याण्डसँग खेल्दै छ । अहिले विहान पौने ९ बजेदेखि तेरथाइ क्रिकेट मैदानमा सुरु हुने खेलमा नेपालले पहिले बलिङ गर्दै छ । कप्तान इन्दु बर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरिन् ।  नेपाल र थाइल्याण्ड दुवैले ग्लोबल छनोटमा स्थान पक्का गरिसकेका छन् । आजको खेलको विजेताले एसिया छनोटको उपाधि जित्ने छ । सोमबार भएको खेलमा नेपालले यूएईलाई हराउँदै पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको हो ।

त्यसअघि आइतबार थाइल्याण्डले यूएईलाई हराएर अघिल्लो चरणमा पुग्ने पक्का भएको थियो । थाइल्याण्ड हालसम्म यस प्रतियोगितामा अपराजित छ । समूह चरणमा २ जित निकाल्दा २ रद्द भएको थियो भने सुपर थ्री मा यूएईलाई हराएको थियो । नेपालकी कप्तान इन्दु बर्माले थाइल्याण्डलाई हराएर एसिया छनोटको उपाधि नै जितेर फर्कने लक्ष्य राखेको बताइन् ।‘अब हामीलाई हार्नका लागि केही पनि छैन त्यसकारण त्यही हिसाबले पोजिटिभ खेल खेल्ने छौं’ उनले भनिन् ।

नेपालले समूह चरणमा बहराइनलाई दुवै खेलमा हराउँदा हङकङसँग पराजित भएको थियो भने हङकङको नेपालसँग १ र बहराइनसँग दुवै खेल वर्षाले प्रभावित हुँदा नेपाल बढी जितसहित अगाडि बढेको थियो । महिला टी-२०आईमा नेपालले थाइल्याण्डलाई हालसम्म हराउन सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास
सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास
भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिम गरी १२८ जनाको मृत्यु, सयौँ घाइते
भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिम गरी १२८ जनाको मृत्यु, सयौँ घाइते
एकैदिन ७ हजार ८ सयले घट्यो सुनको मूल्य
एकैदिन ७ हजार ८ सयले घट्यो सुनको मूल्य
एमसीसी अन्तर्गतका ३ वटै सबस्टेसनको ठेक्का लाग्यो
एमसीसी अन्तर्गतका ३ वटै सबस्टेसनको ठेक्का लाग्यो
आज विश्व मौसम विज्ञान दिवस
आज विश्व मौसम विज्ञान दिवस
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर
भारतले रोक्यो पाकिस्तानतर्फ बग्ने चेनाब नदी !
भारतले रोक्यो पाकिस्तानतर्फ बग्ने चेनाब नदी !
प्रतिनिधि सभाका विषयगत समितिमा हेरफेर
प्रतिनिधि सभाका विषयगत समितिमा हेरफेर
आज उपसभामुखको निर्वाचन, रुबी र सरस्वती प्रतिस्पर्धामा
आज उपसभामुखको निर्वाचन, रुबी र सरस्वती प्रतिस्पर्धामा
भ्रष्टाचार मुद्दामा निलम्वित सांसद बस्नेत सरकारी कार्यक्रममा प्रमुख अतिथि बनाइएको विषयमा माओवादीले माग्यो सरकारको जवाफ
भ्रष्टाचार मुद्दामा निलम्वित सांसद बस्नेत सरकारी कार्यक्रममा प्रमुख अतिथि बनाइएको विषयमा माओवादीले माग्यो सरकारको जवाफ