विपद् व्यवस्थापनको तयारीमा जुट्न सरकारको ध्यानाकर्षण

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ५, २०८२
|
|
२७ पटक हेरिएको
Shares
विपद् व्यवस्थापनको तयारीमा जुट्न सरकारको ध्यानाकर्षण

सारांश

  • राष्ट्रियसभाका सदस्यहरुले बर्खायाम सुरु हुनै लागेकाले विपद् व्यवस्थापन र सम्भावित विपद्जन्य घटनाको जोखिम न्यूनीकरणका लागि आवश्यक तयारीमा जुट्न सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
  • राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद गोपाल भट्टराईले मनसुन सुरुआतको प्रारम्भमै विपद्का घटनाहरु हुन थालेको भन्दै विपद् व्यवस्थापन र क्षति न्यूनीकरणको तयारीमा जुट्न सरकारलाई सुझाव दिनुभयो ।
  • सांसद मायाप्रसाद शर्माले हुम्लाको तिलगाउँ पहिरोको उच्च जोखिममा परेको तथा गत वैशाख ३१ को वर्षापछिको पहिरोले हिल्सा जानेबाटो अवरोध भएको, स्थानीय विद्युत् गृहमा क्षति पुगेको भन्दै पहिरोको जोखिमा रहेको तिलगाउँका बासिन्दालाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

 

 ५ जेठ ,काठमाडौँ ।

राष्ट्रियसभाका सदस्यहरुले बर्खायाम सुरु हुनै लागेकाले विपद् व्यवस्थापन र सम्भावित विपद्जन्य घटनाको जोखिम न्यूनीकरणका लागि आवश्यक तयारीमा जुट्न सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद गोपाल भट्टराईले मनसुन सुरुआतको प्रारम्भमै विपद्का घटनाहरु हुन थालेको भन्दै विपद् व्यवस्थापन र क्षति न्यूनीकरणको तयारीमा जुट्न सरकारलाई सुझाव दिनुभयो ।

सांसद मायाप्रसाद शर्माले हुम्लाको तिलगाउँ पहिरोको उच्च जोखिममा परेको तथा गत वैशाख ३१ को वर्षापछिको पहिरोले हिल्सा जानेबाटो अवरोध भएको, स्थानीय विद्युत् गृहमा क्षति पुगेको भन्दै पहिरोको जोखिमा रहेको तिलगाउँका बासिन्दालाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । सांसद गङ्गा बेलबासेले राष्ट्रिय निकुञ्जसम्बन्धी नयाँ ऐनको माग गर्नुभयो । सांसद गोपी सार्की अछामीले विद्युत् प्राधिकरणको लापर्वाहीले विद्युत् कटौती हुँदा व्यवसायी मर्कामा परेकाले त्यसको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद जगप्रसाद शर्माले दाङको टरिगाउँ विमानस्थल, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका मेघा परियोजनमामा बजेट सुनिश्चित गर्न माग गर्नुभयो । सांसद तारामान स्वाँरले कञ्चनपुरको पुनर्वास नगरपालिका–८ को सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना नहँुदा त्यस क्षेत्रमा आपराधिक घटना बढेर नागरिक त्रसित र असुरक्षित भइरहेकाले यसको सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद तुलसाकुमारी दाहालले विवाहको उमेर घटाउने विषय संविधानमा व्यवस्था भएको बालबालिकाको हकअधिकारको विपरीत भएको उल्लेख गर्दै केही छिटपुट घटनालाई आधार मानेर विवाहको उमेर नघटाउन तथा यस विषयमा गहिरो अध्ययन गरेर मात्रै निर्णय लिन सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद भगवती न्यौपानेले भर्खरै सम्पन्न सगरमाथा संवादमा विभिन्न देशका विशिष्ट व्यक्तिहरुको उपस्थिति भएर हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर, न्यूनीकरण एवं समाधानबारे ऐक्यबद्धता प्रकट गर्दै २५ बुँदे कार्यआह्वानपत्र जारी भएकामा सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले हुम्लामा हिमताल फुटेर नाम्खा गाउँ पहिरोको चपेटामा परेका पीडितलाई अविलम्ब राहत र क्षतिपूर्तिको व्यवस्था गर्दै जोखिम बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद राधेश्याम पासवानले सर्लाहीको ईश्वरपुर नगरपालिकाका उमेश नेपालीको विद्युतीय तार जडान गर्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको घटनामा विद्युत् प्राधिकरणको लापरबाही देखिएको भन्दै दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडितलाई क्षतिपूर्ति दिलाउन सरकारसमक्ष माग गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भैरहवाको मौसम खुलेन, भरतपुरसम्म जहाजमा त्यसपछि गाडीमा रुपन्देही जाँदै रवि
भैरहवाको मौसम खुलेन, भरतपुरसम्म जहाजमा त्यसपछि गाडीमा रुपन्देही जाँदै रवि
कान्ति लोकपथ, बीपी राजमार्गसहित देशभर ३६ सडक खण्ड अवरुद्ध (विवरणसहित)
कान्ति लोकपथ, बीपी राजमार्गसहित देशभर ३६ सडक खण्ड अवरुद्ध (विवरणसहित)
मकवानपुरमा यात्रुवहाक बस दुर्घटना, २२ जना घाइते
मकवानपुरमा यात्रुवहाक बस दुर्घटना, २२ जना घाइते
पूर्वाधार विकास मन्त्री लम्सालले गरे सिद्धबाबा सुरुङमार्गको अनुगमन
पूर्वाधार विकास मन्त्री लम्सालले गरे सिद्धबाबा सुरुङमार्गको अनुगमन
जनकपुर पुगेर देउवाले भने- मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्छ
जनकपुर पुगेर देउवाले भने- मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्छ
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्यारालाई आजीवन कारावासको सजाय
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्यारालाई आजीवन कारावासको सजाय
दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छ : सभामुख घिमिरे
दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छ : सभामुख घिमिरे
सगरमाथा क्षेत्रमा बेपत्ता दावा शेर्पा जीवितै फेला
सगरमाथा क्षेत्रमा बेपत्ता दावा शेर्पा जीवितै फेला
संघीय संसदका दुई समितिका सभापतिहरूले लिए शपथ
संघीय संसदका दुई समितिका सभापतिहरूले लिए शपथ
जलेको घरको खरानी उठाउँदै हितेन्द्रदेवले लेखे– चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?
जलेको घरको खरानी उठाउँदै हितेन्द्रदेवले लेखे– चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?