गृहमन्त्री लेखकले न्यायाधीशमा भाग खोज्दै हिँडेको रास्वपाको आरोप
५ जेठ, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य मनिष झाले गृहमन्त्री रमेश लेखकले न्यायाधीशमा भाग खोज्दै हिँडेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले पूर्व प्रधानन्यायाधीश शुशिला कार्कीले गृहमन्त्री लेखकले भाग खोज्दै हिँडेको खुलासा गरेको बताएका हुन् ।
उनले भने- ‘पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले केही महिना अगाडि भन्नुभएको थियो, नेपाली कांग्रेसका वर्तमान गृहमन्त्रीज्यूले न्यायाधीश सिफारिसमा मेरो पार्टीको यो–यो नपर्दिए मलाई गाह्रो हुन्छ भनेर भन्न जानुभएको थियो ।’ नेता झाले यस्ता प्रकारका अभ्यासले न्यायलयप्रतिको विश्वास कमजोर हुँदै गएको बताए । ‘आज न्यायलयहरुले विभिन्न राजनीतिक संरक्षण त दिइराखेको छ । यो अभ्यासले गर्दा न्यायलयप्रतिको विश्वास कमजोर भएको छ । न्यायलयले न्याय देलाकी भनेर हामीहरुले विश्वास गर्ने ठाउँ कम हुँदै गएको छ ।’
Post Comment