राप्रपाको जिल्ला अधिवेशन असोज मसान्तभित्र सक्ने निर्णय
५ जेठ, काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो जिल्ला अधिवेशन आगामी असोज मसान्तसम्म सक्ने निर्णय गरेको छ । आइतबार राप्रपाको केन्द्रिय कार्यसम्पादनको बैठकको निर्णय सुनाउँदै अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वनिर्धारित जिल्ला अधिवेशन असोज मसन्तासम्ममा सक्ने निर्णय भएको जानकारी दिए ।
उनले जेठ १५ गते काठमाडौंमा हुने आन्दोलनमा उपत्यका बाहिरका जिल्लाहरु पनि सहभागिता गराउने जानकारी दिएका छन् । उनले कम्तिमा सात दिनका लागि उपत्यका बाहिरका जिल्ला कार्यकर्ताहरुलाई पनि बोलाउने निर्णय भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment