२६ जेष्ठ २०८२, आईतवार

कांग्रेस संसदीय कार्यसमितिको बैठक जारी

 

३ जेठ, काठमाडौं ।

सत्तासाझेदार नेपाली कांग्रेस संसदीय दलको बैठक केही बेरमा बस्दै छ । तर, सांसदहरूलाई बैठकका एजेन्डाबारे जानकारी दिइएको छैन । अधिकांश सांसदले बैठक बजेटका विषयमा केन्द्रित हुने अनुमान गरेका छन् । सांसद सरिता प्रसाईंका अनुसार, बैठक मात्र भनिएको छ, एजेन्डाबारे जानकारी गराइएको छैन । उक्त बैठकका एजेन्डा तय गर्न संसदीय कार्यसमितिको बैठक जारी रहेको सांसद रामहरि खतिवडाले जानकारी दिए ।

संसदीय दल बैठकमा बजेट वितरणलाई प्रभावकारी बनाउने, रकम खर्च हुने वातावरण मिलाउने, कांग्रेसले सुरु गरेका कार्यक्रममा बजेट निरन्तर गर्ने र सकेसम्म बढाउने विषयमा छलफल हुने सांसदहरूको अनुमान छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment