१० श्रावण २०८२, शुक्रबार

दाङको तुलसीपुरमा जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

 

३ जेठ, दाङ ।

दाङको तुलसीपुरमा जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–५ न्यूरोडमा मिनबहादुर घर्तीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी टोलीले घर्तीसहित नरबहादुर शाही, विष्णुप्रसाद नेपाली, डिलबहादुर नेपाली,ओमबहादुर थापा, निमबहादुर भण्डारी, विश्व डाँगी, प्रकाश भुसाल र शेरबहादुर घर्तीलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाका अनुसार जुवाको खालबाट ४६ हजार ६ सय ४५ रुपैयाँ र तीन गड्डी ताससमेत बरामद भएको छ । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?