९ श्रावण २०८२, बिहीबार

सर्लाहीमा आएको हावाहुरीले जनधनको क्षति, तीन जना घाइते

२ जेठ, सर्लाही।

शुक्रबार साँझ करिब ६:४५ बजे सर्लाही जिल्लाका विभिन्न ठाउँमा आएको कडा हावाहुरीले जनधनको क्षति पुर्‍याएको छ। हावाहुरीका कारण रुख ढलेका छन् भने सवारीसाधन र घर–पसलहरूमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घटनामा तीन जना सामान्य घाइते भएका छन्। साथै केही सार्वजनिक र निजी सम्पत्तिमा आंशिक क्षति पुगेको छ।

हरिवन इलाका प्रहरी कार्यालयको परिसरमा रहेको सिमको रुख ढलेर त्यहाँ पार्किङ गरिएको मोटरसाइकलमा क्षति पुगेको छ। त्यस्तै अनुसन्धानका लागि राखिएका दुई मोटरसाइकलमा पनि सामान्य क्षति भएको छ। बागमती नगरपालिका–२ का ३८ वर्षीय नवराज राय क्षेत्री आफ्नै मकैबारीमा काम गरिरहेका बेला बकाइनको रुखको हाँगा टुटेर ढाडमा खस्दा घाइते भएका छन्।

उनलाई उपचारका लागि नमूना अस्पताल हरिवन लगिएको थियो र त्यहाँबाट थप उपचारका लागि भरतपुर, चितवन रिफर गरिएको छ। हाल उनको अवस्था मध्यम रहेको जनाइएको छ। हरिवन नगरपालिका–५ घुर्कौलीमा हावाहुरीले किराना पसलको जस्तापाता उडाउँदा ७५ वर्षीया दलेमुन खातुन घाइते भएकी छन्।

उनको दाहिने आँखामा चोट लागेको छ र अहिले नमूना अस्पताल हरिवनमा उपचार भइरहेको छ। तीनवटै घटनास्थलमा प्रहरी टोली खटिएको छ र क्षतिको विवरण संकलनको काम भइरहेको छ। हालसम्म गम्भीर मानवीय क्षति नभएको र थप जोखिम कम गर्न स्थानीय प्रशासन सतर्क रहेको जानकारी प्राप्त भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?