रवीन्द्र मिश्रलाई सर्वोच्चमा उपस्थित गराइयो
२ जेठ, काठमाडौं ।
तीनकुने घटनामा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमाथि शुक्रवार पनि सुनुवाइ हुँदै छ ।सर्वोच्च अदालतमा शुक्रवार सो रिट न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको छ ।
सुनुवाइ हुने भएपछि उनलाई सर्वोच्चमा उपस्थित गराइएको छ । यसअघि सर्वोच्चको आदेशअनुसार बिहीवार पनि मिश्रलाई सर्वोच्चमा उपस्थित गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment