महासचिव गुटरेस र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक १२, २०८०
|
|
३९ पटक हेरिएको
Shares
महासचिव गुटरेस र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

सारांश

  • नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस र नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
  • सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आज अपराह्न उनीहरूबीच भेटवार्ता भएको हो ।
  • सो अवसरमा महासचिव र अध्यक्षबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको भेटमा सहभागी एमालेका नेता डा राजन भट्टराईले जानकारी दिए ।

१२ कार्तिक, काठमाडौँ । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस र नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आज अपराह्न उनीहरूबीच भेटवार्ता भएको हो । सो अवसरमा महासचिव र अध्यक्षबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको भेटमा सहभागी एमालेका नेता डा राजन भट्टराईले जानकारी दिए । महासचिव गुटरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका शान्तिकार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्रसङ्घका अन्य अधिकारीहरू सहभागी रहेका छन् ।  महासचिव गुटरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान नेपाल आइपुगेका हुन् । उनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए ।

साथै उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँगसमेत महासचिव गुटरेसको छुट्टाछुट्टै भेटवार्ता भएको थियो । भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नेछन् । प्रधानमन्त्री प्रचण्डले महासचिव गुटरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन् । भ्रमणका क्रममा सोमबार उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन् । यही कात्तिक १४ गते मङ्गलबार अपराह्न उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महानगर भित्रका नदी किनारमा भवन निर्माण अनुमति खुला
महानगर भित्रका नदी किनारमा भवन निर्माण अनुमति खुला
प्रधानमन्त्रीले गरे मधेशका ८ जिल्लामा बन्ने ३२० किलोमिटर कालोपत्र सडक शिलान्यास
प्रधानमन्त्रीले गरे मधेशका ८ जिल्लामा बन्ने ३२० किलोमिटर कालोपत्र सडक शिलान्यास
महादेवको मूर्ति निर्माण गर्न महायज्ञमा साठी लाख सङ्कलन
महादेवको मूर्ति निर्माण गर्न महायज्ञमा साठी लाख सङ्कलन
गगन थापाविरुद्धको अवहेलना मुद्दा सर्वोच्चमा दर्ता, मंगलबार पेशी
गगन थापाविरुद्धको अवहेलना मुद्दा सर्वोच्चमा दर्ता, मंगलबार पेशी
राप्रपाले उपसभामुखमा उम्मेदवारी दिने, रास्वपाले समर्थन गर्ने सम्भावना
राप्रपाले उपसभामुखमा उम्मेदवारी दिने, रास्वपाले समर्थन गर्ने सम्भावना
भदौमा पाँच अर्बको विद्युत् निर्यात
भदौमा पाँच अर्बको विद्युत् निर्यात
सुर्खेतको पञ्चपुरीमा जीप दुर्घटना हुँदा १४ जना घाइते
सुर्खेतको पञ्चपुरीमा जीप दुर्घटना हुँदा १४ जना घाइते
कर्णाली प्रदेश सभाद्वारा सात विधेयक पारित
कर्णाली प्रदेश सभाद्वारा सात विधेयक पारित
लघुवित्त पीडितको आमरण अनशन, पाँचबुँदे माग तत्काल सम्बोधन गर्न आग्रह
लघुवित्त पीडितको आमरण अनशन, पाँचबुँदे माग तत्काल सम्बोधन गर्न आग्रह
देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन :गृहमन्त्री अर्याल
देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन :गृहमन्त्री अर्याल