१० श्रावण २०८२, शुक्रबार

गाजामा इजरायली हवाई आक्रमणः ११४ जनाको मृत्यु

 

२ जेठ, इजरायल ।

बिहीबार मध्यराती गाजामा भएको इजरायली हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ११४ जना बढी पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सी र उद्धारकर्मीहरूले यो रिपोर्ट गरेका हुन्। इजरायलले १० हप्तादेखि गाजामा राहत सामग्री प्रवेशमा प्रतिबन्ध लगाइरहँदा इजरायलले यी हवाई हमलाहरू गरेको हो।

इजरायलले गाजामा पत्रकारहरूको प्रवेशमा पनि प्रतिबन्ध लगाएको छ। बच्चाहरू भोकले रोइरहेका छन् र उनीहरूका आमाहरू उनीहरूलाई खुवाउन केही नभएकोले रोइरहेका गाजाकी एक महिलाले बीबीसीलाई बताएकी छन्। तर इजरायली सरकारले भने गाजामा खाद्यान्नको अभाव नभएको दाबी गरेको छ। इजरायल र हमासबीचको युद्ध ७ अक्टोबर २०२३ मा सुरु भएको थियो। युद्धविराम सम्झौता भङ्ग भएदेखि इजरायलले गाजामा धेरै हवाई आक्रमण गरेको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७, २०२३ देखि गाजामा कम्तीमा ५२,८२९ जनाको मृत्यु भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?