११ श्रावण २०८२, शनिबार

बाल बालीकालाई नकरातमक भन्दा पनी सकरातमक तरिकाले संझाउन आवश्यता

१ जेष्ठ, सर्लाही ।

बाल बालीकालाई नकरातमक भन्दा पनी सकरातमक तरिकाले संझाउन आवश्यतासर्लाहीको लालबन्दीमा बाल संरक्षणसम्बन्धी अभिभावक अभिमुखीकरण तथा प्रशिक्षकहरूको तालिम सम्पन्न भएको छ। वैशाख ३० गतेदेखि सुरु भएको तीनदिने तालिम आज समापन गरिएको हो ।ग्रामिण नारी उत्थान संघ, हरिपुरको आयोजनामा तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सञ्चालित पहुच परियोजना अन्तर्गत तालिम सम्पन्न भएको हो। तालिम लालबन्दीस्थित युनाइटेड होटलमा सञ्चालन गरिएको थियो।

ग्रामिण नारी उत्थान संघका उपाध्यक्ष विष्णु चालिसेले जानकारी दिँदै भन्नुभयो, “तालिममा ‘बाल–संवेदनशील अभिभावकत्व सत्र’ सम्बन्धी सहजकर्ताका लागि प्रशिक्षकहरूको प्रशिक्षण (त्यत्) प्रदान गरिएको हो।” कार्यक्रममा ईश्वरपुर नगरपालिका र हरिपुर नगरपालिकाका गरी २२ जना सहभागीलाई प्रशिक्षण दिइएको थियो। सहभागीहरूलाई बाल अधिकार, बालमैत्री विद्यालय निर्माण, बाल संरक्षण, र अभिभावकत्वमा उनीहरूको भूमिकासम्बन्धी जानकारी दिइएको थियो।

परियोजनाका संयोजक आशिष रेग्मीका अनुसार, यस किसिमका तालिमहरूले अभिभावकमा सचेतना बढाउने र बालमैत्री समाज निर्माणमा टेवा पुग्ने विश्वास लिइएको छ।सधैंजसो बालबालिकालाई “यो काम गर, यो नगर” भन्नेभन्दा पनि, “यो काम गर्दा यस्तो असर पर्छ, त्यसैले गर्नुहुँदैन”भनेर बुझाउँदा उनीहरूको बानी र व्यवहारमा सकारात्मक परिवर्तन आउने हरिपुर–९ की जानकी चौधरीको अनुुभव छ उँहाको अनुसार, यसरी बुझाएर सिकाउने बानीले बालबालिकाले व्यवहारमा पनि राम्रो असर देखाउँछन्।

पहिलेका दिनमा अभिभावकहरूले बालबालिकालाई समय नदिँदा उनीहरू आफन्तसँग टाढा हुने, आत्मीयता नहुने र एक्लोपन महसुस गर्ने समस्या देखिन्थ्यो। यस्ता समस्या समाधान गर्न अभिभावकले बालबालिकासँग घुलमिल भएर काम गर्नुपर्ने आवश्यकता रहेको सेभ द चिल्ड्रेनकी प्रशिक्षक अनिता तामाङले बताउनुभयो।उनको भनाइअनुसार, “घरमा परिवारले काम गर्दा बालबालिकासँग कुरा गर्नुपर्छ। यसो गर्दा उनीहरूमा बोल्ने बानीको विकास हुन्छ र फुर्सदको समयमा घरपरिवारले गर्ने काम, रीतिरिवाज तथा परम्पराबारे जानकारी पनि बढ्छ।” भने बाल बालीकाले धेरै कुुरा अभिभावक संङ साटा साट गर्दा उनीहरुको बानी संगत तथा स्कुुल तथा वाहिरि वातावरणको वारेमा समेत जानकारि हुुने गर्दा छ ।

अनिता तामाङले थप भन्नुभयो, “हामीले बालबालिकामाथि नकारात्मक कुरा गर्दा उनीहरूमा नकारात्मक सोच मात्रै विकसित हुन्छ। त्यसैले हामीले सधैं सकारात्मक तरिकाले उनीहरूलाई व्यवहार सिकाउनुपर्छ।”
उहाँले उदाहरण दिँदै भन्नुभयो, “जसरी हामीलाई कसैले कुटेपछि राम्रो लाग्दैन, त्यसैगरी बालबालिकालाई पनि कुटपिट मन पर्दैन। उनीहरूलाई सम्झाएर काम लगाउनु जरुरी रहेको बताउनुु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?