Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सुन्दरीजल क्षेत्रमा खानेपानी नदिएको भन्दै सांसदको आपत्ति

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १, २०८२
|
|
४८ पटक हेरिएको
Shares
सुन्दरीजल क्षेत्रमा खानेपानी नदिएको भन्दै सांसदको आपत्ति

सारांश

  • बैठकको शून्य समयमा नेपाली कांगे्रसका सांसद सन्तोष चालिसेले सुन्दरीजल क्षेत्रमै खानेपानीको हाहाकार भएको बताउनुभयो ।
  • सुन्दरीजलबाट चावहिलसम्मका जनताले खानेपानी नपाएको गुनासो जनप्रतिनिधिसँग गरिरहेका जनाउँदै उहाँले उक्त समस्या यथाशीघ्र समाधान गर्न सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराउनुभयो ।
  • “ मेलम्चीको पानी पनि सुन्दरीजलमा प्रशोधन गरी काठमाडौँ उपत्यकामा वितरण हुन्छ ।

 

 १ जेठः काठमाडौँ, 

प्रतिनिधिसभाको आजको बैठकमा उपत्यकामा खानेपानी पठाउने सुन्दरीजल क्षेत्रमा खानेपानीको अभाव भएको भन्दै सांसदहरूले त्यस क्षेत्रमा स्वच्छ र शुद्ध खानेपानीको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा नेपाली कांगे्रसका सांसद सन्तोष चालिसेले सुन्दरीजल क्षेत्रमै खानेपानीको हाहाकार भएको बताउनुभयो । सुन्दरीजलबाट चावहिलसम्मका जनताले खानेपानी नपाएको गुनासो जनप्रतिनिधिसँग गरिरहेका जनाउँदै उहाँले उक्त समस्या यथाशीघ्र समाधान गर्न सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराउनुभयो । “

मेलम्चीको पानी पनि सुन्दरीजलमा प्रशोधन गरी काठमाडौँ उपत्यकामा वितरण हुन्छ । सुन्दरीजल क्षेत्रमा भने मेलम्चीको पानी वितरण गरिएको छैन । बागमतीको पानी बिना प्रशोधन धमिलो वितरण हुँदा स्थानीयवासी आक्रोशित भएका छन्”, उहाँले भन्नुभयो । नेपाल कम्यनिष्ट पार्टी (एमाले) की सांसद सम्झना थपलियाले कमला नदी भत्किएकाले यात्राका क्रममा जनताले सास्ती खेपिरहेका भन्दै सरकारको ध्यान जानुपर्ने बताउनुभयो । कांग्रेसकी सांसद सरस्वती बजिमयले वर्षायामको सुरुआत हुन लाग्दा बाढी, पहिरोलगायत विपद् हुने जोखिममा जनता त्रसित भएका भन्दै वैशाख २९ गतेको वर्षाले खोटाङ, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गालगायत जिल्लामा माथिबाट लेदो झरी सडक अवरुद्ध भएको बताउनुभयो । वर्षा सुरु भएपछि उल्लेखित जिल्लाका बासिन्दालाई आवतजावत गर्न वैकल्पिक बाटोको व्यवस्था गर्न उहाँले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

एमालेकी सांसद सरस्वती सुब्बाले जलवायु परिवर्तनले हिउँ पग्लनेदेखि हिमताल फुट्ने जस्ता जोखिम बढ्दै गएका बताउँदै जलवायु परिर्वतनका असरबारे समुदायदेखि राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा देखिएका समस्या सम्बोधन हुनेगरी सगरमाथा संवाद कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । एमालेका सांसद सराज अहमद फारुकीले प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण, ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य चौकीमा स्थानीयको पहुँच बढाउन, स्वास्थ्यकर्मीको क्षमता व्यवस्थापन, नियमित तालिमको व्यवस्थालगायत काम स्वास्थ्य मन्त्रालय प्रभावकारी रूपमा गर्नुपर्नेमा जोड दिनुभयो । एमालेकी सांसद सरिता भुसालले गण्डकी प्रदेशलाई भारतीय नाकासँग जोड्ने दुम्कीवास–त्रिवेणी खण्डको ट्र्याक २०६२ सालमा खनिए पनि अझै सम्पन्न हुन नसकेकाले यो सडक यथाशीघ्र निर्माण गर्न माग गर्नुभयो । सङ्घीयताको कार्यान्वयनसँगै सुस्ता पालिकाका केही भूभाग गण्डकी प्रदेशले विनय त्रिवेणी पालिकामा समायोजन गरेपछि त्यहाँका वडा नं ६ र ७ का बासिन्दालाई सडक अभाव भएकाले सरकारलाई यसतर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुस्ताङमा झन्डै ९२ करोड मूल्य बराबरको स्याउ उत्पादन
मुस्ताङमा झन्डै ९२ करोड मूल्य बराबरको स्याउ उत्पादन
सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार ?
नेपाल प्रहरीद्वारा एक महिनामा ५२ करोड बढी राजस्व संकलन
नेपाल प्रहरीद्वारा एक महिनामा ५२ करोड बढी राजस्व संकलन
नवौँ भरौल गोल्ड कप सम्पन्न, आरटीएफसी मलेसिया च्याम्पियन
नवौँ भरौल गोल्ड कप सम्पन्न, आरटीएफसी मलेसिया च्याम्पियन
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने चारजना पक्राउ
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने चारजना पक्राउ
पशुपति विकास कोषको सदस्य–सचिवमा नारायण समाजसेवी सिफारिस
पशुपति विकास कोषको सदस्य–सचिवमा नारायण समाजसेवी सिफारिस
कुलमान र हितेन्द्रको रिट प्रधानन्यायाधीश राउत र सुवेदीको इजलासमा
कुलमान र हितेन्द्रको रिट प्रधानन्यायाधीश राउत र सुवेदीको इजलासमा
गोरखामा जिप दुर्घटना, १ जनाको मृत्यु, ५ घाइते
गोरखामा जिप दुर्घटना, १ जनाको मृत्यु, ५ घाइते
नेपाली समाजमा विदेशी हस्तक्षेपको भण्डाफोर गर्दै दुर्गा प्रसाईको अपिल
नेपाली समाजमा विदेशी हस्तक्षेपको भण्डाफोर गर्दै दुर्गा प्रसाईको अपिल
विचार मिल्ने शक्तिहरूबीच एकता र सहकार्य अपरिहार्य: प्रचण्ड
विचार मिल्ने शक्तिहरूबीच एकता र सहकार्य अपरिहार्य: प्रचण्ड