Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

शिक्षकको कुटपिटबाट नगर सदस्य घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १, २०८२
|
|
४७ पटक हेरिएको
Shares
शिक्षकको कुटपिटबाट नगर सदस्य घाइते

सारांश

  • रास्कोट नगरपालिका-२ स्थित मोतिराम माध्यमिक विद्यालयमा कार्यरत शिक्षक उपेन्द्र सिम्खाडाले वैशाख ३१ गते दिउँसो मदिरा सेवन गरेको अवस्थामा सोही वडाकी महिला जनप्रतिनिधि तथा नगर कार्यपालिका सदस्य उमा योगीमाथि हातपात गरेपछि स्थानीय तहदेखि सामाजिक सञ्जालसम्म तीव्र आलोचना भएको छ ।
  • स्थानीय चक्रनाथ योगीका अनुसार आपसी विवादका क्रममा मदिराले मतिभ्रमित अवस्थामा रहेका सिम्खाडाले नगर कार्यपालिका सदस्यमाथि कुटपिट गर्दा योगीको कानमा चोट लागेको छ ।
  • उनी हाल थप उपचारका लागि सुर्खेत ल्याइएको र अवस्था सामान्य रहेको जनाइएको छ।

 

कालिकोट। रास्कोट नगरपालिका-२ स्थित मोतिराम माध्यमिक विद्यालयमा कार्यरत शिक्षक उपेन्द्र सिम्खाडाले वैशाख ३१ गते दिउँसो मदिरा सेवन गरेको अवस्थामा सोही वडाकी महिला जनप्रतिनिधि तथा नगर कार्यपालिका सदस्य उमा योगीमाथि हातपात गरेपछि स्थानीय तहदेखि सामाजिक सञ्जालसम्म तीव्र आलोचना भएको छ । स्थानीय चक्रनाथ योगीका अनुसार आपसी विवादका क्रममा मदिराले मतिभ्रमित अवस्थामा रहेका सिम्खाडाले नगर कार्यपालिका सदस्यमाथि कुटपिट गर्दा योगीको कानमा चोट लागेको छ ।

उनी हाल थप उपचारका लागि सुर्खेत ल्याइएको र अवस्था सामान्य रहेको जनाइएको छ। यस घटनाले एकातिर महिला जनप्रतिनिधिमाथि अझै पनि सार्वजनिक रूपमै हुने हिंसाको रूप देखाएको छ भने अर्कोतर्फ शिक्षक जस्तो शालीन र अनुशासित भनिने पेशामा कार्यरत व्यक्तिको व्यवहारबारे पनि गम्भीर बहस जन्माएको छ । वडा नं‍ ३ का वडाध्यक्ष राजेन्द्र योगीले भने, ‘यो केवल दुई व्यक्तिको विवाद होइन, शिक्षकजस्तो सम्मानित पेसाको नैतिकता र सार्वजनिक क्षेत्रको मर्यादा खल्बल्याउने खालको घटना हो ।’ शिक्षकहरूको सामाजिक जिम्मेवारीबारे निरन्तर बहस भइरहेका बेला आएको यस घटनाले शिक्षण पेशा भित्रैको अनुशासन र मदिरा दुरुपयोगका विषयमा कठोर पुनरावलोकन आवश्यक देखिएको छ । विभिन्न संघसंस्था र नागरिक समाजले दोषीमाथि तत्काल कारबाही गर्न माग गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिको आचरणको मापदण्ड कडा पार्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह
सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह
श्रीलंकासँग एसियन गेम्समै १६ वर्षपछि खेल्दै नेपाल
श्रीलंकासँग एसियन गेम्समै १६ वर्षपछि खेल्दै नेपाल
नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड
नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
रिङ्कु सदालाई न्याय दिलाउन सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता
रिङ्कु सदालाई न्याय दिलाउन सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता
हात्तीको दाह्रासहित ३ जना पक्राउ
हात्तीको दाह्रासहित ३ जना पक्राउ
संस्कृति र पर्यटन प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य
संस्कृति र पर्यटन प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य
मलेसियामा विद्यार्थी बोकेको बस दुर्घटना , १५ विद्यार्थीको मृ*त्यु
मलेसियामा विद्यार्थी बोकेको बस दुर्घटना , १५ विद्यार्थीको मृ*त्यु
यु१९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको खेल रद्द
यु१९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको खेल रद्द
काठमाडौं महानगरपालिकामा रिक्त २७ प्रहरी सहायक निरीक्षक दरबन्दी व्यवस्थित गर्न जोड
काठमाडौं महानगरपालिकामा रिक्त २७ प्रहरी सहायक निरीक्षक दरबन्दी व्यवस्थित गर्न जोड