शिक्षकको कुटपिटबाट नगर सदस्य घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १, २०८२
|
|
३७ पटक हेरिएको
Shares
शिक्षकको कुटपिटबाट नगर सदस्य घाइते

सारांश

  • रास्कोट नगरपालिका-२ स्थित मोतिराम माध्यमिक विद्यालयमा कार्यरत शिक्षक उपेन्द्र सिम्खाडाले वैशाख ३१ गते दिउँसो मदिरा सेवन गरेको अवस्थामा सोही वडाकी महिला जनप्रतिनिधि तथा नगर कार्यपालिका सदस्य उमा योगीमाथि हातपात गरेपछि स्थानीय तहदेखि सामाजिक सञ्जालसम्म तीव्र आलोचना भएको छ ।
  • स्थानीय चक्रनाथ योगीका अनुसार आपसी विवादका क्रममा मदिराले मतिभ्रमित अवस्थामा रहेका सिम्खाडाले नगर कार्यपालिका सदस्यमाथि कुटपिट गर्दा योगीको कानमा चोट लागेको छ ।
  • उनी हाल थप उपचारका लागि सुर्खेत ल्याइएको र अवस्था सामान्य रहेको जनाइएको छ।

कालिकोट। रास्कोट नगरपालिका-२ स्थित मोतिराम माध्यमिक विद्यालयमा कार्यरत शिक्षक उपेन्द्र सिम्खाडाले वैशाख ३१ गते दिउँसो मदिरा सेवन गरेको अवस्थामा सोही वडाकी महिला जनप्रतिनिधि तथा नगर कार्यपालिका सदस्य उमा योगीमाथि हातपात गरेपछि स्थानीय तहदेखि सामाजिक सञ्जालसम्म तीव्र आलोचना भएको छ । स्थानीय चक्रनाथ योगीका अनुसार आपसी विवादका क्रममा मदिराले मतिभ्रमित अवस्थामा रहेका सिम्खाडाले नगर कार्यपालिका सदस्यमाथि कुटपिट गर्दा योगीको कानमा चोट लागेको छ ।

उनी हाल थप उपचारका लागि सुर्खेत ल्याइएको र अवस्था सामान्य रहेको जनाइएको छ। यस घटनाले एकातिर महिला जनप्रतिनिधिमाथि अझै पनि सार्वजनिक रूपमै हुने हिंसाको रूप देखाएको छ भने अर्कोतर्फ शिक्षक जस्तो शालीन र अनुशासित भनिने पेशामा कार्यरत व्यक्तिको व्यवहारबारे पनि गम्भीर बहस जन्माएको छ । वडा नं‍ ३ का वडाध्यक्ष राजेन्द्र योगीले भने, ‘यो केवल दुई व्यक्तिको विवाद होइन, शिक्षकजस्तो सम्मानित पेसाको नैतिकता र सार्वजनिक क्षेत्रको मर्यादा खल्बल्याउने खालको घटना हो ।’ शिक्षकहरूको सामाजिक जिम्मेवारीबारे निरन्तर बहस भइरहेका बेला आएको यस घटनाले शिक्षण पेशा भित्रैको अनुशासन र मदिरा दुरुपयोगका विषयमा कठोर पुनरावलोकन आवश्यक देखिएको छ । विभिन्न संघसंस्था र नागरिक समाजले दोषीमाथि तत्काल कारबाही गर्न माग गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिको आचरणको मापदण्ड कडा पार्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस सांसद केसी भन्छन्- नीति तथा कार्यक्रममा आशा देखिएन
कांग्रेस सांसद केसी भन्छन्- नीति तथा कार्यक्रममा आशा देखिएन
मन्त्री घिसिङको निर्देशनपछि बागमती नदी किनारका बेवारिसे सवारी साधन हटाउन सुरु
मन्त्री घिसिङको निर्देशनपछि बागमती नदी किनारका बेवारिसे सवारी साधन हटाउन सुरु
डोटीको जंगलमा महिलाको शव फेला
डोटीको जंगलमा महिलाको शव फेला
आइपिएलमा आरसीबीको विजयी सुरुवत, हैदरावाद ६ विकेटले पराजित
आइपिएलमा आरसीबीको विजयी सुरुवत, हैदरावाद ६ विकेटले पराजित
देउवा नेतृत्वमा विपक्षी दलहरुको बैठक सुरु
देउवा नेतृत्वमा विपक्षी दलहरुको बैठक सुरु
सुनचाँदीको मूल्यमा फेरि कीर्तिमान, सुनको मूल्य २ लाख ७० हजार नजिक
सुनचाँदीको मूल्यमा फेरि कीर्तिमान, सुनको मूल्य २ लाख ७० हजार नजिक
चट्याङ लागेर छोराको मृत्यु, आमा र छोरीको उपचार जारी
चट्याङ लागेर छोराको मृत्यु, आमा र छोरीको उपचार जारी
बालेनको पोष्ट फेसबुकले हटाइदियो
बालेनको पोष्ट फेसबुकले हटाइदियो
‘अन्तरिम सरकारमा रहेका प्रधानमन्त्री तथा मन्त्रीहरु छानविनको दायरमा आउनुपर्छ’
‘अन्तरिम सरकारमा रहेका प्रधानमन्त्री तथा मन्त्रीहरु छानविनको दायरमा आउनुपर्छ’
जनताको सर्वोच्चतामाथि प्रहार हुने भन्दै संसद विघटन नगर्न सोभिता गौतमको सुझाव
जनताको सर्वोच्चतामाथि प्रहार हुने भन्दै संसद विघटन नगर्न सोभिता गौतमको सुझाव