२७ जेष्ठ २०८२, सोमबार

मोरङको बाल सुधार गृहबाट तीन जना बालक फरार

 

३० वैशाख,विराटनगर ।

विराटनगरमा रहेको बाल सुधार गृहबाट तीन जना बालकहरू भागेका छन् । विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट सोमबार तीन जना बाल बिजाइँकर्ता भागेका हुन् । प्रहरीका अनुसार उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८ वर्ष उमेर समूहका तीन बालक भागेका हुन् ।

भागेहरुको खोजी भइरहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । फरारमध्ये उदयपुरका १८ वर्षीय बालकलाई अदालतले १६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो । उनी तीन वर्षदेखि सुधार गृहमा थिए । झापा र ताप्लेजुङका  दुई बालक  पाँच महिनाअघि पुर्पक्षका लागि सुधार गृहमा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?